१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

पाल्पाको तिनाउमा एमालेलाई समर्थन गर्दै विप्लव समुहको उम्मेदवारी फिर्ता



बुटवल । विप्लव समुहमा नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्कबहादुर विश्वकर्मा लाईनको एमाले निकटता सार्वजनिक भएसँगै पाल्पामा विप्लव समुहले स्थानीयतह निर्वाचनमा एमालेलाई सघाउने भएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवारहरुले नेकपा एमाले उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदारी फिर्ता लिएका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका विप्लव समुहका कार्यकर्ता भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरुले एमालेलाई समर्थन उम्मेदवारी फिर्ता लिएको एमालेका जिल्ला सदस्य तथा तिनाउका इन्चार्ज दलबहादुर गुरुङ्गले बताए ।

नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षको लागि उम्मेदवार बनेका प्रेम श्रेष्ठलाई समर्थन गर्दै वडा तहमा समेत उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवाहरुले उम्मेदवारी फिर्ता लिएर एमालेलाई समर्थन गर्ने भएको पालिका गुरुङले बताए ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तीको उपस्थितिमा दुई पक्षबीच भएको भद्र सहमतिअनुसार एमालेले तिनाउमा जित हासिल गरेको अवस्थामा समर्थनमा आएका स्वतन्त्र उम्मेदवारहरुलाई कार्यपालिका सदस्यमा मनोनयन गर्ने बताइएको छ । उक्त सहमतिपछि छोटो प्रतिक्रिया जनाउँदै एमालेको तर्फबाट गाउँपालिका प्रमुख पदका उम्मेदवार प्रेम श्रेष्ठले तिनाउमा एमालेको जीत निश्चित भएको दाबी गरे । यसअघिको निर्वाचनमा पनि तिनाउमा एमालेले अध्यक्ष,उपाध्यक्षसहित बहुमत सदस्य जितेको थियो ।

पाल्पामा एमालेबाहेकका सबै दलहरुको गटबन्धन रहेको छ । तिनाउमा माओवादीले अध्यक्षसहित २ वडाध्यक्ष तथा कांग्रेसले उपाध्यक्षसहित ४ वडाध्यक्ष दिनेगरी गठबन्धन भएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ५७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका