७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतीय ओभरलोड गाडी निर्वाध चल्दा नेपाली यातायात व्यवसायी मारमा



भैरहवा । भारतीय ओभरलोड मालवाहक गाडी निर्वाध रुपमा नेपालमा चल्न थालेपछि नेपाली यातयात व्यावसायी मर्कामा परेका छन् । ओभरलोड बोकेर निर्वाधरुपमा भारततीयय मालवाहक गाडीले सामान ओसारपसार गरेपछि लुम्बिनी ट्रक व्यवसायी संघ र पश्चिमाञ्चल यातायात व्यवसायी समितिले संयुक्त रुपमा तौल पुलमा ओभरलोड चेकजाँच गरेका छन ।

सरकारले भारतीय ओभरलोड गाडीहरु ब्यवस्थापन गर्नुपर्नेमा पटक पटकको अनुरोध गर्दासमेत वास्ता नगरेपछि आन्दोलनमा उत्रिनुको विकल्प नरहेको लुम्बिनी ट्रक व्यवसायी संघका प्रथम उपाध्यक्ष सुनिलराज विष्टले बताए ।

भारतले प्रतिबन्धित गरेका २० वर्ष पुराना गाडीले क्षमताभन्दा बढी सामान बोकेर नेपाल प्रवेश गरेकोले नेपाली यातायात व्यवसायी प्रतिस्पर्धा गर्न नसकेर मर्कामा परेका छन ।

ओभरलोडकै कारण नेपाली ट्रक ब्यवसायीले न्यूनतम भाडादर पनि नपाउने यातायात व्यवसायी बालकृष्ण बनियाले बताए । ‘हाम्रो अवस्था दयनीय भएको छ। हप्ता दिनसम्म गाडी थन्काउनु परेको अवस्था छ, लाखौ मुल्य लगानी गरेर राज्यलाई राजश्व बुझाउनु बाहेक केही विकल्प छैन’, बानियाले भने ।

जुनसुकै देशको सवारीसाधान नेपाल आए त्यहँको कानुनलाई मान्नु पर्ने भएपनि दैनिक रुपमा भारतीय गाडी सेटिङको रुपमा नेपाल प्रवेश गरी ओभरलोड बोकेर देशभर घुमिरहेको पश्चिमाञ्चल यातयात व्यवसयीका उपाध्यक्ष गुप्त बहादुर केसीले भने ।

ओभरलोड नबोकी नेपाल आएका गाडी केही हदसम्म नेपाली ट्रकले प्रतिस्पर्धा गर्न सक्ने भएपनि प्रतिबन्धित गाडी नेपाल आउदा कुनै पनि हालतमा प्रतिस्पर्धा गर्न नसकिने उनले भने ।

शुक्रबार संयुक्र रुपमा गरिएको चेकजाँचले २२ वटा गाडीले ओभरलोड बोकेको पाइएको छ ।

मालवाहक सवारी साधनको भारवाहन नियमन सम्बन्धि निर्देशिका २०७४ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुनअनुसार क्षमताभन्दा बढी भार बोक्नेलाई भन्सार बिन्दुमै पल्टी गराउने व्यवस्था छ । ओभरलोड गर्ने र निर्धारित भाडादर भन्दा कम भाडा लिए संस्थाले ट्रक नविकरण तथा दर्ता नगर्ने, दुर्घटना बिमा र सेवा सुविधाबाट बञ्चित हुनुपर्नेलगायतका व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ७ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११