२० मंसिर २०८२, शनिबार | December 6, 2025

७६ जिल्लालाई एक करोड ८० लाख बढी मतपत्र, ढुवानी धमाधम



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइ सकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले यी जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । उनका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।

आयोगले काठमाडौंदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो । निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले मत्रपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीब्रता दिएको छ ।

आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयहरूले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दै छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १० : ५३ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय