१७ श्रावण २०८३, आइतबार | August 3, 2026

चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता



चितवन । जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

कार्यालयका अनुसार कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना छन् । यस्तै उपप्रमुखमा ८ जना राजनैतिक दलबाट र २ स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ । वडा अध्यक्षमा ४ सय २५, खुल्ला सदस्यमा ७ सय ३९, महिला सदस्यमा ३ सय ६६ र दलित महिला सदस्यमा ३ सय १४ जनाको उम्मेदवारी कायम रहेको छ ।

रत्ननगर नगरपालिकाकाीको प्रमुखमा ९ र उपप्रमुखमा ८, खैरहनीको प्रमुखमा ७, उपप्रमुखमा ४, राप्तीको प्रमुखमा ८ र उपप्रमुखमा ५, कालिकाको प्रमुखमा ७ र उपप्रमुखमा ५ र माडीको प्रमुखमा ५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी कायम छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अध्यक्षमा ४ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी कायम छ ।

उम्मेदवारी फिर्ता लिने समय अवधिमा ३ सय १९ ले उम्मेदवारी फिर्ता लिएको कार्कीले जानकारी दिए । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज १० बजे पछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  १२ : ०८ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले