१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो, कांग्रेस पाँचौं



काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।

देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र गाउँपालिका अध्यक्षमा २८ जनासहित ५५ जना महिलालाई उम्मेदवार बनाएर पहिलो राजनीति दल भएको हो ।

३० वैशाखमा हुने निर्वाचनका लागि एमालेले २ सय ६० जनालाई नगरपालिका उपप्रमुख तथा ४ सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेको निर्वाचन आयोगले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, निर्वाचन आयोगका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले १८ जना महिलालाई नगर प्रमुख र २९ जनालाई गाउँपालिका अध्यक्षसहित ४७ जनालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रले नगर प्रमुख र गाउँपालिका अध्यक्षमा ४ सय १७ स्थानीय तहमा मात्रै उम्मेदवारी दिएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले २ सय २७ स्थानीय तहमा प्रमुखका लागि उम्मेदवारी खडा गर्दा २७ जना महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

सोही पार्टीले गाउँपालिका अध्यक्षमा ४२ जना महिलालाई स्थान दिएको छ । राप्रपा महिला उम्मेदवार बढी बनाउनेमा तेस्रो ठूलो राजनीतिक शक्ति भएको छ ।

उता, माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस)ले १ सय २८ जना प्रमुखमा उम्मेदवारी दिँदा २३ जना महिलालाई उम्मेदवार बनाएको छ ।

१ सय ७५ गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिदाँ १२ जना महिला उम्मेदवार उठाएर चुनावी मैदानमा उत्रेको छ ।

नेकपा (एस)ले नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षमा मात्रै ३५ जनालाई उम्मेदवारी दिलाएको हो ।

सरकारको नेतृत्वकर्ता राजनीतिक दल नेपाली कांग्रेसले १९ जनालाई मात्रै नगरपालिकाको प्रमुख तथा गाउँपालिका अध्यक्षका लागि टिकट वितरण गरेको छ, जुन एमालेको भन्दा ३६ जना कम हो ।

महिलालाई उम्मेदवार बनाउने दलमा कांग्रेस चौँथौ स्थानमा सीमित हुन पुगेको छ ।

कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये ६ सय १५ स्थानमा मात्रै नगर प्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको छ ।

मधेस केन्द्रित दल महिलाप्रति अनुदार

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महिला उम्मेदवारलाई प्राथमिकता दिन अनुदार देखिएका छन् ।

माओवादी केन्द्र झैँ निरन्तर समावेशी र समानुपातिक प्रतिनिधित्वको माग राख्दै आन्दोलनरत राजनीतिक दल जसपा र लोसपा नेपाल पनि महिला उम्मेदवार छनौटमा अनुदार देखिएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ ।

जसपाले १ सय ४६ नगरपालिकामा पुरुषलाई मेयरमा उम्मेदवारी दर्ता गराउँदा १५ जना महिलालाई मात्र उम्मेदवार बनाउने छ ।

१ सय ८० जनालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउँदा महिला भने १० जना मात्रै उम्मेदवार बनेका छन् ।

ठाकुर नेतृत्वको लोसपा नेपालले ८९ जना प्रमुखका लागि पुरुष उम्मेदवार उठाउँदा ५ जना महिलाले मात्र प्रमुखमा उम्मेदवार बन्न अवसर पाएका छन् ।

प्रमुखका लागि उम्मेदवारी दर्ता गराउन सफल भएका छन् भने ९४ जना गाउँपालिकाका अध्यक्षमा पुरुषले प्रतिस्पर्धा गरिरहँदा सो पार्टीबाट ३ जना महिला मात्रै अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिन सफल भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  २ : १२ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक