१६ माघ २०८२, शुक्रबार | January 30, 2026

गुणस्तरीय शिक्षाका लागि अब विदेश जानु पर्दैन’



काठमाडौं । काठमाडौं वल्र्ड स्कुलले प्रोग्रेशिप (गुणस्तरीय) शिक्षाका लागि विदेश जान नपर्ने जनाएको छ । गुणस्तरीय शिक्षा र अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जान नपर्ने र विदेश गएका नेपालीलाई समेत स्वदेश फर्काउन सफल भएको स्कुलको दाबी छ ।

स्कुलका प्रिन्सिपल केशर खुलालले १२ सय विद्यार्थीलाई व्यवहारिक र गुणस्तरीय शिक्षा दिन काठमाडौं वल्र्ड स्कुल सक्षम भएको बताए । शनिवार आयोजित अन्तरक्रियामा प्रिन्सिपल खुलालले १ देखि ९ कक्षासम्म मासिक ४३ हजार सात सयदेखि ४८ हजारसम्ममा आवासिय शिक्षा दिइरहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघ र स्कुलको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले गुणस्तरीय शिक्षाका लागि अब विद्यार्थीहरू विदेश जान नपर्ने बताए । काठमाडौं वल्र्ड स्कुलको भौतिक र शैक्षिक वातावरण देख्दा अमेरिकी स्कूलभन्दा पनि राम्रो र गुणस्तरीय देखेको उनले बताए ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा रहेको सो स्कूल चौधरी ग्रुपले सञ्चालनमा ल्याएको हो । देशकै नमूना विद्यालयको रुपमा स्थापना गरेको दाबी गर्दै सो विद्यालय देशका सात वटै प्रदेशमा फैलाउने तयारी रहेको आयोजक स्कूल व्यवस्थापन समितिका अध्यक्ष र्इन्जिनियर डाक्टर मिथिलेस झाले बताए । सरकार शिक्षा र स्वास्थ्यको जिम्मेवारीबाट पन्छिदै गएको बताउँदै उनले शिक्षामा लगानी बढाउन आग्रह गरे ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : ५५ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र