५ पुस २०८२, शनिबार | December 20, 2025

जिम्बावेविरुद्ध नेपालको खेल परिवर्तन, पहिला टी-२० हुने



काठमाडौं । नेपाल भ्रमणमा रहेको अफ्रिकन टोली जिम्बावे ‘ए’ विरुद्ध नेपालले पहिले टी-२० क्रिकेट शृंखला खेल्ने भएको छ ।

तीन एकदिवसीय र तीन टी-२० क्रिकेट शृंखलाका लागि नेपाल भ्रमण आएको जिम्बावेविरुद्ध यसअघि नेपालले एकदिवसीय शृंखला खेल्ने तय थियो ।

नेपाल र जिम्बावेबीचको एकदिवसीय शृंखलाको पहिलो खेल आज (शनिबार) ९:३० बजेदेखि सुरु हुने भनिए पनि वर्षाका कारण रद्द भएको थियो । सोही कारण नेपाल क्रिकेट संघ (क्यान) ले शृंखलाको नयाँ तालिका सार्वजनिक गरेको हो ।

नेपालले घरेलु मैदानमा पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टोलीविरुद्ध क्रिकेट शृंखला खेल्न लागेको हो ।

शृंखलाअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके र कप्तान सन्दीप लामिछानेले जिम्बावेविरुद्धको शृंखला आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन २ को लागि अभ्यास हुने बताएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ०८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन