१० असार २०८३, बुधबार | June 24, 2026

अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द गर्ने चेतावनी !



काठमाडौं । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले सरकारले ल्याएको नियमका कारण अप्ठेरो परेको भन्दै अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा ठप्प हुन सक्ने चेतावनी दिएको छ ।

संघका अध्यक्ष सुधीर पराजुलीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

साथै यस वर्षको वैशाख १९ गते मनाइँदै गरेको राष्ट्रिय सूचना थता संचार प्रविधि दिवस पनि बहिस्कार गर्ने निर्णय गरेको छ ।

“हामीले यसवर्षको सूचना तथा संचार प्रविधि दिवससँग सम्बन्धित कुनै पनि कार्यक्रम र गतिविधि नगर्ने निर्णय गरेका छौैं,” विज्ञप्तिमा भनिएको छ, “अतः हामीले यस दिवसमा आयोजक नबन्ने, सहभागी नहुने, प्रायोजक नबन्ने र दिवससँग सम्बन्धित सबै किसिमका सहयोगहरु बन्द गर्ने दुःखद निर्णय गर्न बाध्य भएका छौँ । यस वर्षको यस दिवसलाई हामीले सकारात्मकरुपमा लिएका छैनौैँ किनभने विगतदेखि हालसम्म कुनै पनि सरकारले सूचना र संचार प्रविधिको लागि आवश्यक वातावरण नबनाई, इनटरनेटमा भएका समस्या समाधान गर्नुको साटो दिवसको नाममा कार्यक्रमको नाममा देखावटी काममात्रै गर्दैछ ।”

संचार तथा सूचना प्रविधि मन्त्रालयले आफूहरुका अपस्ट्रिम प्रोभाइड्सजस्ता कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेको र गर्न लगाएको कारणले पनि ती कम्पनीलाई विगत ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल इन्टरनेटमा चर्को कर लगाउने मुलुकभित्र पर्ने उल्लेख गर्दैै ४५ प्रतिशत बढी कर हुँदा त्यो नघटाई इन्टरनेट विकास, दूरसञ्चार क्षेत्रको विकास र समग्र डिजिटल नेपालको धारणालाई बेवास्ता गरेको पनि पराजुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ४८ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया