८ बैशाख २०८१, शनिबार | April 20, 2024

अनियमित विद्युत आपूर्तिले रुपन्देहीका उद्योगी समस्यामा



रुपन्देही । अनियमित विद्युत आपूर्तिका कारण यस क्षेत्रका उद्योगी व्यवसायी समस्यामा परेका छन् । उद्योग क्षेत्रमा विद्युत आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्याले उत्पादनमा कटौती भएपछि उद्योगी व्यवसायी निराश भएका हुन् । सरकारले लोडसेडिङ अन्त्य भएको जनाए पनि औद्योगिक क्षेत्र र लुम्बिनी कोरीडोर क्षेत्र सहित जिल्लाका उद्योगहरुमा विद्युत आपूर्ति बन्द छ ।

करिब एक महिनदेखि विद्युत आपूर्ति नियमित नभएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको छ । पछिल्लो समय लगातार १५ दिनदेखि विद्यतु आपूर्ति नै नभएपछि उद्योगमा उत्पादन बन्द भएको जगदम्बा सिमेन्ट उद्योगका महाप्रवन्धक विदुर ढुङ्गाना बताउछन । “ अहिले सिमेन्ट उत्पादनका लागि उपयुक्त समय हो, यो समयमा उत्पादन हुन नसके भारतीय सिमेन्टले बजार लिन्छ । हाम्रो बजार बिग्रिन्छ र यसले दीर्घकालसम्म समस्या हुन्छ”, उनले भने ।

उद्योगमा उत्पादन बन्द हुँदा कर्मचारीलाई दिनुपर्ने मासिक तलब र बैंकको ब्याज भुक्तानी गर्न समेत नसक्ने अवस्था सिर्जना हुन लागेको उहाँको गुनासो छ । विद्युत आपूर्ति बन्द हुँदा लुम्बिनी करिडोरका मात्रै १२ वटा सिमेन्ट र अन्य ठूला उद्योगको उत्पादन ठप्प भएको छ ।

अघोषित लोडसेडिङले १० दिनदेखि बृज सिमेन्टको उत्पादन पनि बन्द छ । बृज सिमेन्टका प्रबन्धक नुमेन्द्र पौडेलका अनुसार दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगमा विद्युत आपूर्ति रोकिएपछि प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।

अनियमित विद्यतु आपूर्ति र लो भोल्टेजको समस्या पुरानै भएपछि अहिले अघोषित रुपमा २४ घण्टा विद्यतु कटौति गर्दा ठूला उद्योग सञ्चालनमा समस्या भएको प्रबन्धक पौडेलको भनाइ छ ।

उद्योगीहरुले विद्युत आपूर्तिमा देखिएको अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकारणसँग पटक पटक आग्रह गर्र्दै आए पनि समस्या समाधान हुन सकेको छैन ।

विद्युत प्राधिकरणले समय तालिका बनाएर उद्योग क्षेत्रको विद्युत आपूर्ति नियमित गर्नुपर्ने माग उनिहरुकोे छ । “प्राधिकरणको नेतृत्वको असक्षमताका कारण पटकपटक उद्योगीहरुले पिडा भोग्नु परेको छ । हाल विद्युत आपूर्तिमा देखिएको समस्या नियोजित हो”, उद्योगी बाबुराम बोहोरा भन्छन, “समस्या सामाधानमा छिटै कदम नचालिए संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौ ।” विद्युत नियमित नहुँदा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरु बताउँछन् । यस्तो अवस्था आउँदा पनि विद्युत प्राधिकरण जिम्मेवार बन्न नसकेको गुनासो उनिहरुको छ ।
आपूर्तिको समस्या समाधान गर्न ढिलाई गरिए आफुहरु उद्योगमा ताला लगाएर सडकमा आउने उहाँको चेतावनी उद्योगीहरुको छ ।

रुपन्देही उद्योग संघ, उद्योग वाणिज्य संघ र सिद्धार्थ उद्योग वाणिज्य संघले विद्युत प्राधिकरणको कार्यालयमा पुगेर धेरै पटक ध्यानाकर्षण गराउने काम गरे पनि नियमित विद्युत आपूर्ति हुन नसकेको उद्योगीहरुको गुनासो छ ।

कोभिड महामारीक कारण थला परेका उद्योग विस्तारै उठ्न थाले पनि विद्यतुका कारण धरासायी हुने अवस्थामा छन् । प्राधिकरणले विना सुचना विद्युत आपूर्ति बन्द गर्ने र नियमित विद्युत नदिएका कारण उद्योगहरुले ठूलो क्षति व्यहोर्नु परिरेहको बताउछन, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल । विद्युत वितरणमा भैरहेको समस्यालाई तत्काल समाधान गर्न उनको आग्रह छ । “कोरोनाले थलिएका उद्योग विस्तारै उठ्न थालेका छन्, यस्तो अवस्थामा अनियमित विद्युत आपूर्तिले उद्योग धरासयी हुन्छन्”, उनले भने ।

विगत एक महिनादेखि विद्युतको समस्या धेरै हुन थालेको उद्योगीहरु बताउँछन् । अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ भन्छन, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने ।

उद्योगी व्यवसायीको साझा संस्था समेत रहेको संघमा जिल्लाका उद्योगीले अघोषित विद्युत कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत सप्लाई गर्न माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत कटौती हुन थालेपछि उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य संघले ध्यानाकर्षण गराएको छ ।

उत्पादन जस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन संघको आग्रह छ ।

विगत केही दिनको अनियमित विद्युत आपूर्तिले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रिएर प्रयोग गर्न नमिल्ने हुनुका साथै बजारमा उत्पादनको अभाव सृजना हुने अवस्था आएको संघका अध्यक्ष न्यौपाने बताछन ।

औद्योगिक कोरिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखाले यसलाई बेरुजुमा देखाउने गरेकाले समस्या हुने उद्योगीहरु बताउँछन् । बरु लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सृजना नहुने उनिहरुको भनाइ छ । अघोषित रूपमा भएको लोडसेडिङले महिना देखी उद्योगको उत्पादन आपूर्ती बन्द हुनुका साथै यन्त्र उपकरणहरु विग्रने, कच्चा पदार्थ खेर जाने लगायतका समस्या देखिएका छन् ।

यति मात्र नभइ औद्योगिक उत्पादनको लागत बढनुको साथै बैकल्पिक उर्जाको लागि पेट्रोलियम पदार्थको उपभोग समेत बढन जाने भएकाले समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न जाने सम्भावना बढेको छ भन्छन, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु ।
उर्जा अप्रयाप्तताको हालको समयमा औधोगिक तथा व्यवसायिक क्रियाकलाप सुचारु गर्नु चुनौतीको रुपमा रहेको भएतापनि बिद्युत आपूर्तीको लागि बैकल्पिक व्यवस्था गर्ने, औधोगिक क्षेत्रहरुमा समय तोकी बिद्युत आपुर्ती गर्ने उपायहरु अबलम्बन गर्ने बारे सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

विद्यतु प्राधिकरणक अनुसार नेपाल सरकारले भारतीय सरकारसँग लिएको विद्युत रोकिएपछि यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ । विद्युतको उत्पादन र आयातमा आएको समस्याका कारण वितरणमा समस्या देखिएकाले समाधानका लागि पहल भइरहेको बताउछन, प्राधिकरणका प्रदेश प्रमुख निर्देशक ई.नवराज ओझा । समय तालिका बनाएर विद्युत वितरण गर्न वा उद्योगमा विद्युत प्रवाह गर्न प्राविधिक टोलीसँग परामर्श गरी तत्काल उपाय खोज्ने उनको भनाइ छ ।

रुपन्देही उद्योग संघका अनुसार जिल्लामा करिब १५ हजार उद्योग सञ्चालनमा छन् । नियमित विद्यतु आपूर्ति नहुँदा यी उद्योगहरुमा उत्पादन कम भएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १ : ३५ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका