४ पुस २०८२, शुक्रबार | December 20, 2025

रुपन्देहीको भलुहीबाट ७ थान बन्दुक सहित ४ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ७ नाल भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले देवदह नगरपालिका ६ भलुही क्षेत्रबाट स्थानीय ४ जना लाई पक्राउ गरेको हो ।

भलुही स्थित उजेली पाल्पाली सामुदायीक बन भित्र बन्दुक सहित मानीसहरु हिँडेको सुचनाका आधारमा देवदह ६ सताकखोलाका गणेश लामा, कृष्णबहादुर कामु, सुनबहादुर आले र चेतबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुबाट ७ नाल भरुवा बन्दुक, १२९ राउण्ड छर्रा (गोली), ३२७ ग्राम बारुद, ७५ थान केप र २ थान फलामको चक्कु बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको समेत डीएसपी पौडेलले बताए ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको