२९ चैत्र २०८२, आइतबार | April 12, 2026

रुपन्देहीको भलुहीबाट ७ थान बन्दुक सहित ४ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले ७ नाल भरुवा बन्दुक सहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले देवदह नगरपालिका ६ भलुही क्षेत्रबाट स्थानीय ४ जना लाई पक्राउ गरेको हो ।

भलुही स्थित उजेली पाल्पाली सामुदायीक बन भित्र बन्दुक सहित मानीसहरु हिँडेको सुचनाका आधारमा देवदह ६ सताकखोलाका गणेश लामा, कृष्णबहादुर कामु, सुनबहादुर आले र चेतबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुबाट ७ नाल भरुवा बन्दुक, १२९ राउण्ड छर्रा (गोली), ३२७ ग्राम बारुद, ७५ थान केप र २ थान फलामको चक्कु बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको समेत डीएसपी पौडेलले बताए ।

 

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ४ : १७ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख