५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवल रक्सको लाइभ म्यूजिक कन्सर्ट सम्पन्न



बुटवल । बुटवल रक्सको लाइभ म्यूजिक कन्सर्ट सम्पन्न भएको छ । कार्यक्रम बुटवल सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह ‘बुटवल रक्स’को आयोजनामा बुटवलको द कन्सेप्टमा भएको हो ।

कोभिड महामारीपछि पुनःसक्रियताका साथ अगाडि बढेको सांगीतिक समूहले लाइभ म्यूजिक कन्सर्टमा २ दर्जन बढी गीत प्रस्तुत गरेको बुटवल रक्सका अध्यक्ष तथा चर्चित गायक बसन्त श्रेष्ठले बताए ।

कार्यक्रममा रक्जिन ,अमाध्यम, द नेमेसिस, नाद व्याण्ड सिन्थेसिस नेपाल र द नेचर व्याण्डको प्रस्तुती थियो । समूहमा बुटवल, भैरहवा,सैनामैना ,पाल्पा लगाएतका क्षेत्रहरुबाट १५० भन्दा बढी सदस्य रहेका छन् । लाइभ म्यूजिक कन्सर्टमा एउटा व्याण्डले ३देखि ५ वटा गीत प्रस्तुत गरेको गायक श्रेष्ठले बताए ।

कार्यक्रममा अजय कार्की र जिना गुरुङसँग कोलाबोरेसनमा प्रस्तुती दिएका थिए । सो अवसरमा केहि महिनाअघि सार्वजनिक भएको नेपाली चलचित्र जगतका महानायक राजेश हमाल अभिनित अजय कार्कीको ‘हामी देश बचाऊँ‘’ भन्ने गीत पनि प्रस्तुत गरेका थिए । समूहले हरेक वर्ष सामूहिक लाइभ म्यूजिक कार्यक्रम गर्दै आएको छ । शनिबार सम्पन्न कन्सर्ट चौथौं संस्करणको कार्यक्रम हो ।

‘पहिलेको वर्षमा हरेक पटक–फरक फरक ब्याण्डहरुको दमदार प्रस्तुति भएसँगै यस पटकको कार्यक्रम परिस्कृत र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।’ अध्यक्ष श्रेष्ठले भने । स्थानीय ६ व्याण्डका दर्जनौं कलाकारको प्रस्तुती एकैदिन एकैठाउँ भएको उक्त कन्सर्टमा २ सय ५० जना भन्दा बढीले सहभागिता जनाएको द कन्सेप्टका प्रबन्ध निर्देशक अतित थापाले जनाए ।

कार्यक्रममा विभिन्न व्याण्ड तथा कलाकारहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : २२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं