५ श्रावण २०८३, मंगलबार | July 22, 2026

बुटवल रक्सको ‘गुन्द्री सेसन’



बुटवल । बुटवल रक्सले ‘गुन्द्री सेसन’ शुरू गरेको छ । अब गुन्द्रीमा पलेटी कसेर बसेर गीतको आनन्द लिन पाइने छ । वरिपरि रुखबिरुवा, बत्तीको झिलीमिली र नेपालीको पुरानो बस्ने स्थान खुला आँगनमा गुन्द्रीमा बसेर आँखाअगाडी कलाकारले गाएको हेर्न र सुन्न पाउनु राम्रो सुरुवात गरिएको हो ।

यसअघि भोकल वर्कसप, ड्रम वर्कसपलगायत कार्य गरिरहेको आफ्नो संस्थाले अहिले गुन्द्री सेसनजस्तो नयाँ इभेन्ट थालनी गरेर नयाँपन दिएको बुटवल रक्सका अध्यक्ष बसन्त श्रेष्ठले बताए । सन् २०१८ मा खुलेको यस संस्थामा तीन सयभन्दा बढी स्थानीय संगीतकर्मी आवद्ध छन् । गुन्द्री सेसनमा गीत गाउन आउने कलाकारले अरुका गीतसँगै आफूले रचना गरेका सिर्जनासमेत दर्शक श्रोतालाई सुनाउने गरेका छन् ।

यसलाई निरन्तरता दिन सके यसले गीतका पारखीको राम्रो प्रतिक्रिया पाउने उनको भनाइ छ । गुन्द्री सेसनमा गीत गाउन आइपुगेका गायक अंकित शाक्यले यस्तो कार्यक्रममा प्रस्तुति दिंदा दर्शक र श्रोतालाई नजिकबाट नियाल्न पाएको बताए । १३ वर्षअगाडि आफूले गाएको भ्यालेन्टाइन बोलको गीत यतिका वर्षपछि पुनः गुनगुनाउँदा समेत दर्शकले गाएर साथ दिएको उनले सुनाए ।

‘मेरो गीत र म अझै याद रहेछु भन्ने विषयले छाती फुल्यो,’ उनले भने, ‘म भारतमा पढेर आएँ, अहिले नयाँ गीत रेकर्ड गर्ने तयारीमा थिएँ, लाइभ रेकर्डसहित सुनाउन पाउँदा खुसी लाग्यो ।’ यो अन्तरालमा आफूले ‘इन्डोर’ कार्यक्रममा गाइरहे पनि यो माहोलमा गाउन पहिलोपटक पाएको बताए ।

बुटवल रक्सले सुरु गरेको यो कार्यक्रमले बुटवलमा संगीतको नयाँ वातावरण सिर्जना गरेको एड्भेन्ट नेपालका निर्देशक तथा इभेन्ट होस्ट सुमन श्रेष्ठले बताए । यसले घरघरमा रहेका कलाकारलाई एउटा मञ्च प्रदान गरेको उनले बताए । ‘गाउन-बजाउन छोडेका कलाकारले पुनः आवाज सुनाउने, बाजा बजाउने गरेर रमाइलो बनाए,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई पनि संगीत सिर्जना गर्न र प्रस्फुटन गर्न बेग्लै मौका दिन्छ ।’

कार्यक्रममा गायकले आफूले अहिलेसम्म नगाएका गीत प्रस्तुत गर्ने, श्रोताले सुनिरहेका र सुन्न चाहिरहने गीत गुनगुनाउने गरेको श्रेष्ठले बताए । ‘हामीले नयाँ गीतको लाइभ रेकर्डिङ गरिरहेका हुन्छौं,’ उनले भने, ‘उक्त गीतलाई स्टुडियोमा पुनः मिक्सिङ गरेर अडियो र भिडियो नै युट्युबमा सार्वजनिक गर्ने गर्छौं ।’

यसले कलाकारलाई निःशुल्क आफ्ना गीत रेकर्ड गराउने र श्रोता, दर्शकमाझ चिनिने मौका समेत प्रदान गरेको उनले बताए । उनका अनुसार यस सेसनमा जिल्लाका पुराना कलाकार, संगीतकर्मी, ब्यान्डले प्रस्तुति दिएका छन् भने अन्यत्रका कलाकारले समेत चासो देखाइ आउने र मौका पाएसम्म प्रस्तुति सुनाउने गरेका छन् ।

कार्यक्रमको ११ वटा क्यामेराले भिडियो खिचेर प्रत्यक्ष प्रसारण गर्ने गरिएको सांगीतिक माहोलमा बुटवल र आसपासका सर्वसाधारण झुमिरहेको उनले बताए । उक्त सेसनको पहिलो र दोस्रो दिनमा ४ सय मानिसको उपस्थिति रहेको उनले बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  ११ : ०८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं