२७ असार २०८३, शनिबार | July 12, 2026

मन्त्रीले आचारसंहिता उल्लंघन गर्न हुने, पालिका प्रमुखले गर्न नहुने ? : तिलोत्तमा नगर प्रमुख घिमिरे



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाका नगर प्रमुख बासुदेव घिमिरेले आफुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताएका छन् । एमाले नगर स्तरिय प्रचार कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नगर प्रमुख घिमिरेले आफूले आचारसंहिता उल्लंघन गरेको र फेरिपनि गरिरहने बताए । उनले आफुलाई कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।

नगर प्रमुख घिमिरेले मन्त्रीहरु हेलिकप्टर चढेर उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गराउन दौडाहा गर्न मिल्ने तर पालिका प्रमुखलाई आचारसंहिता उल्लंघनको आरोप लाग्ने गरेको गुनासो गरे । गृहमन्त्री बालकृष्ण खांण प्रति लक्षित गर्दै घिमिरेले राज्यको ढुकुटी दुरुपयोग गर्दै हेलिकप्टर चढेर बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउन हिंडेको आरोप लगाए ।

उनले आचारसंहिता उल्लंघन गर्न मन्त्री र शिर्ष नेताहरुले छाडे आफुले तुरुन्त निर्वाचन परिचालनबाट राजिनमा दिएर नगरपालिकामा फर्कने प्रतिबद्धता व्यक्त गरे । ‘मन्त्रीहरुले आचारसंहिता पालना गरुन, मैलै आजै परिचालन कमिटी छाड्छु र चुनाव सकिएपछि मोहन चापागाईलाई पद हस्तान्तरण गरेर बिदा हुन्छु ।’ उनले भने ।

तिलोत्तमामा एमाले मेयर उम्मेदवार  मोहन चापागाई र उपमेयर उम्मेदवार जागेश्वरी चौधरीलाई जिताउन एमालेले नगर प्रमुख बासुदेव घिमिरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ । मतदाताहरुमा पुनः घिमिरेलाई नगर प्रमुखमा दोहोर्याउने माग हुँदा हुँदै एमाले महासचिव शंकर पोखरेलको बलमा घिमिरेलाई पन्छाएर चापागाईलाई उम्मेदवार बनाईएको र घिमिरेको असन्तुष्टी बाहिर आउन नदिन चुनावी कमाण्डर बनाइएको एमालेका एक कार्यकर्ताले बताए ।

नगर प्रमुख घिमिरेले पत्रकार सम्मेलनमै पार्टीले आफुलाई पार्टीले टिकट नदिएपछि नगर प्रमुखबाट राजिनामा दिन नपरेको बताएका थिए । उनले आफुले नगरको बिकासमा २४ क्यारेटको सुन जस्तै काम गरेको दाबी गर्दै केही अधुरा कामहरु एमालेकै नेतृत्वमा सम्पन्न हुने समेत बताएका थिए ।

कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार मोहन चापागाईले तिलोत्तमालाई व्यवस्थित र अत्याधुनिक शहर बनाउने गरि एमालेले नक्सा कोरिसकेको बताए । उनले प्रतिबद्धतापत्रमा सबैले महसुस गर्ने गरि योजना बनाइएको र त्यसको पूर्ण कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गरे । उनले तिलोत्तमा नगरपालिकामा विकासको अर्को युग सुरु हुन लागेको बताउँदै अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँयुग सुरु गर्ने वताए ।

चापागाईंले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँच वर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताए । उनले विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने पनि वताए । उनले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरुलाई धन्यवाद दिँदै अर्को नया ँविकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह गरे ।

“तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा यहाँको विकासलाई लैजानको लागि यसअघि राम्रो आधार तयार भएको छ”–चापागाईंले भने–“अब त्यसलाई थप गतिदिन प्रतिबद्ध छु ।”
हिजोका जनप्रतिनिधिहरुले आफूलाई भन्दा पनि विकासलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गरेको भन्दै उनले भने–“म पनि इमान्दारीपूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले कामगर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।”

उपमेयर पदकी उम्मेदवार जगेश्वरदेवी चौधरीले तिलोत्तमामा चुनावका लागि एमालेसँग प्रशस्त एजेण्डा रहेको बताइन् । एमाले नेतृत्वको स्थानीय सरकार हुँदा गरेका राम्रा काम नै चुनाव जित्ने आधार भएको र यही खालको विकासलाई निरन्तरता दिन मतदाताले एमालेकै नेतृत्व रोज्ने बताइन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १० : २३ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका