१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

तिलोत्तमामा विकासको अर्को युग सुरु हुँदैछ : चापागाईं



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विकासको अर्को युग सुरु हुन लागेको नेकपा (एमाले) बाट मेयर उम्मेदवार मोहन चापागाईंले बताएका छन् ।
उनले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमा अर्को नयाँयुग सुरु गर्ने वताएका हुन् ।

ड्राइभरटोलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै उनले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँच वर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नति तथा तिलोत्तमाका दीर्घकालीन समस्या समाधान र यहाँको व्यवस्थित विकासमा केन्द्रित गर्ने बताए ।

उनले विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर अघि बढ्ने वताए । उनले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरुलाई धन्यवाद दिँदै अर्को नया ँविकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह गरे ।
“तिलोत्तमामा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कृषिको जुन गतिमा विकास भएको छ, त्यही गतिमा यहाँको विकासलाई लैजानको लागि यसअघि राम्रो आधार तयार भएको छ”–चापागाईंले भने–“अब त्यसलाई थप गतिदिन प्रतिबद्ध छु ।”

हिजोका जनप्रतिनिधिहरुले आफूलाई भन्दा पनि विकासलाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गरेको भन्दै उनले भने–“म पनि इमान्दारीपूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले कामगर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षा गर्दछु ।”

चापागाईंले तिलोत्तमा रहेका करिव २०० टोलमा उद्यमशीलताको विकास गर्ने र रोजगारी सिर्जन ागर्ने बताए । त्यस्तै फारकिला सडक, आधारभूत स्वास्थ्य उपचारलाई निःशुल्क गर्ने, सार्वजनिक सेवा प्रवाह र सुशासनलाई मुख्य प्राथमिकता दिने, हरियाली प्रवद्र्धनलाई निरन्तरता दिने, गाडी हिंड्नै लागि ओभरफ्लाई ब्रिज निर्माण गर्ने, कृषिमा अनुदान वृद्धि गर्नेलगायतका कामलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको उनले बताए ।

उपमेयर पदकी उम्मेदवार जगेश्वरदेवी चौधरीले तिलोत्तमामा चुनावका लागि एमालेसँग प्रशस्त एजेण्डा रहेको बताइन् । एमाले नेतृत्वको स्थानीय सरकार हुँदा गरेका राम्रा काम नै चुनाव जित्ने आधार भएको र यही खालको विकासलाई निरन्तरता दिन मतदाताले एमालेकै नेतृत्व रोज्ने बताइन् ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य एवं निर्वाचन निर्देशक कमिटी तिलोत्तमाका संयोजक गोपाल भट्टराईले एमालेको जित निश्चित भैसकेको दावी गरे ।

निर्वाचन परिचालन कमिटीका संयोजक वासुदेव घिमिरेले विपक्षीले निर्वाचनमा पराजय हुने निश्चित भैसकेपछि एमालेविरुद्ध भ्रमपूर्ण प्रचारमा उत्रिएको र मतदातालाई झुटा र असम्भव आश्वासन बाँडिरहेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : १७ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका