२० मंसिर २०८२, शनिबार | December 6, 2025

स्थानीय तह निर्वाचनमा महिला सहभागिता : एमाले ४१.७९% , कांग्रेस ४०.९९% , माओवादी ४०.२९%



काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन् ।

स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा ९एमाले०ले उठाएको छ । एमालेको तर्फबाट उम्मेदवारी दिने ३३ हजार ५०३ जनामध्ये १४ हजार ४ जना (४१.७९ प्रतिशत) महिला रहेका छन् ।

एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा ११८, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली कांग्रेसमा रहेको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कूल ३१ हजार ४२५ जनामध्ये १२ हजार ८८२ जना (४०.९९ प्रतिशत) महिला रहेका छन् ।

कांग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १८२, उपाध्यक्षमा २९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८२८ र सदस्यमा ३७६ जना महिलाले उम्मेदवारी दिएका छन् ।

महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या नेकपा (माओवादी केन्द्र)को रहेको छ । स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट कूल २२ हजार २७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ हजार ९७७ जना (४०.२९ प्रतिशत) महिला रहेका छन् ।

माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १३३, उपाध्यक्षमा २०३, वडाध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १८७, दलित महिला सदस्यमा ३ हजार ९१८ र सदस्यमा ३९७ जना महिला उम्मेदवार उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटकको स्थानीय निर्वाचनमा कूल १२ हजार ७५२ जना उम्मेदवार उठाएको छ । उठाएकोमध्ये ४ हजार ६०८ जना (३६.१३ प्रतिशत) महिला उम्मेदवार रहेका छन् ।

राप्रपाले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा १९९, उपाध्यक्षमा १८५, वडाध्यक्षमा १२२, मलिहा सदस्यमा २ हजार १४३, दलित महिला सदस्यमा १ हजार ६८२ र सदस्यमा २३५ जना महिलालाई उम्मेदवारी बनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठाएका कूल ११ हजार ३३० उम्मेदवारमध्ये ४ हजार २६७ जना (३७.६६ प्रतिशत) महिला रहेका छन् ।

एकीकृत समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा १०७, उपाध्यक्षमा ११२, वडाध्यक्षमा ७२, महिला सदस्यमा २ हजार २७, दलित महिला सदस्यमा १ हजार ६२७ र सदस्यमा २८७ जना महिलालाई उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट उम्मेदवारी दिने ९ हजार ४८१ जनामध्ये ३ हजार ६७१ जना (३८.७१ प्रतिशत) महिला रहेका छन् । जसपाले प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा ११०, उपाध्यक्षमा १३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा १ हजार ७००, दलित महिला सदस्यमा १ हजार ४९८ र सदस्यमा १४५ जना महिला उठाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट यसपटकको स्थानीय तह निर्वाचनमा ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ जसमध्ये १ हजार ९३२ जना (४०.५७ प्रतिशत) महिला रहेका छन् ।

लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३, उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ३७, महिला सदस्यमा ८६४, दलित महिला सदस्यमा ८०० र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ०८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय