२९ भदौ २०८३, सोमबार | September 14, 2026

स्थानीय तह निर्वाचनमा महिला सहभागिता : एमाले ४१.७९% , कांग्रेस ४०.९९% , माओवादी ४०.२९%



काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २२० जनामध्ये ५७ हजार ९६७ जना महिला रहेका छन् ।

स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा ९एमाले०ले उठाएको छ । एमालेको तर्फबाट उम्मेदवारी दिने ३३ हजार ५०३ जनामध्ये १४ हजार ४ जना (४१.७९ प्रतिशत) महिला रहेका छन् ।

एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४१०, वडाध्यक्षमा ११८, महिला सदस्यमा ६ हजार ४११, दलित महिला सदस्यमा ६ हजार २०९ र सदस्यमा ५४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली कांग्रेसमा रहेको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कूल ३१ हजार ४२५ जनामध्ये १२ हजार ८८२ जना (४०.९९ प्रतिशत) महिला रहेका छन् ।

कांग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १८२, उपाध्यक्षमा २९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८२८ र सदस्यमा ३७६ जना महिलाले उम्मेदवारी दिएका छन् ।

महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या नेकपा (माओवादी केन्द्र)को रहेको छ । स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट कूल २२ हजार २७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ हजार ९७७ जना (४०.२९ प्रतिशत) महिला रहेका छन् ।

माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १३३, उपाध्यक्षमा २०३, वडाध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १८७, दलित महिला सदस्यमा ३ हजार ९१८ र सदस्यमा ३९७ जना महिला उम्मेदवार उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटकको स्थानीय निर्वाचनमा कूल १२ हजार ७५२ जना उम्मेदवार उठाएको छ । उठाएकोमध्ये ४ हजार ६०८ जना (३६.१३ प्रतिशत) महिला उम्मेदवार रहेका छन् ।

राप्रपाले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा १९९, उपाध्यक्षमा १८५, वडाध्यक्षमा १२२, मलिहा सदस्यमा २ हजार १४३, दलित महिला सदस्यमा १ हजार ६८२ र सदस्यमा २३५ जना महिलालाई उम्मेदवारी बनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठाएका कूल ११ हजार ३३० उम्मेदवारमध्ये ४ हजार २६७ जना (३७.६६ प्रतिशत) महिला रहेका छन् ।

एकीकृत समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा १०७, उपाध्यक्षमा ११२, वडाध्यक्षमा ७२, महिला सदस्यमा २ हजार २७, दलित महिला सदस्यमा १ हजार ६२७ र सदस्यमा २८७ जना महिलालाई उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट उम्मेदवारी दिने ९ हजार ४८१ जनामध्ये ३ हजार ६७१ जना (३८.७१ प्रतिशत) महिला रहेका छन् । जसपाले प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा ११०, उपाध्यक्षमा १३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा १ हजार ७००, दलित महिला सदस्यमा १ हजार ४९८ र सदस्यमा १४५ जना महिला उठाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट यसपटकको स्थानीय तह निर्वाचनमा ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ जसमध्ये १ हजार ९३२ जना (४०.५७ प्रतिशत) महिला रहेका छन् ।

लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३, उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ३७, महिला सदस्यमा ८६४, दलित महिला सदस्यमा ८०० र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ०८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ