२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

देवदह एमालेको प्रतिबद्धताः एक विद्यालय एक स्वास्थ्यकर्मीदेखि करको दर घटाईनेसम्म



बुटवल । नेकपा एमाले देवदह नगर कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लोकप्रिय प्रतिबद्धता पत्र बनाएको छ । अहिले प्रतिबद्धता भएका लोकप्रिय कार्यक्रमहरु कार्यान्वयनका लागि एमालेका उम्मेदवारहरुलाई मत दिन भन्दै यतिबेला उम्मेदवारहरु मतदाताको घर दैलोमा पुगेको छ ।

प्रतिबद्धता पत्रमा एक विद्यालय एक स्वास्थ्यकर्मीदेखि करको दर घटाईने सम्मका लोकप्रिय योजना छन् । देवदहमा एमालेबाट नगरप्रमुख पदमा धुर्ब्र खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरुङ उम्मेदवार छन् । १४ पृष्ठ लामो प्रतिबद्धता पत्रमा कृषि, रोजगारी, पर्यटन, शिक्षा, सडक पुर्वधार, सिचाई, स्वास्थ्य, भाषा साहित्य, बन तथा बातावरण, न्याय समान्त, खेलकुद, खानेपानी, ढल निकास, बैकल्पिक उर्जा, भुमि, शान्ती सुरक्षा, सञ्चार, विपत्त व्यवस्थापन, फोहोरमैला, राजश्व कर व्यवस्था, शुसासन लगाएतका विषयहरु समाबेश छन् ।

एक विद्यालयमा एक स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन संघ प्रदेश सरकार संग समन्वय गरी विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था मिलाउने नयाँ योजना अघि सारिएको नगरप्रमुखका उम्मेदवार धुब्र खरेलले बताए ।

उनले एक शिक्षक एक ल्यावटप, विपन्न विद्यार्थीलाई शिक्षाका लागि साईकल कार्यक्रम लागु गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । शिक्षाको गुणस्तर बृद्धि, दरबन्दी मिलान, भौतिक पुर्वधारको विकास र कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यसैगरी प्रतिबद्धता पत्रमा ५ बर्ष भित्र कुपोषिण रहित नगरपालिका बनाउने उल्लेख छ । आयुर्वेदिक औषधय स्थापना, एकिकृत कृषि बजार केन्द्रको स्थापना, खण्डीकरण भएका कृषि योग्य जमिनलाई सहकार्यका आधारमा चक्लाबन्दी गरी उत्पादनमा जोडिन प्रोत्साहन गर्ने कार्यक्रम पनि एमालेले प्रतिबद्धता पत्रमा जनाएको छ ।

‘कृषिलाई व्यवसायीकरण गराउने यो चक्लाबन्दी योजना अघि बढाएका हौ । यसले कृषि उत्पादनमा महत्वपुर्ण टेवा पुग्छ ।’ खरेलले भने । उनले भूमिगत सिचाई प्रणालीलाई व्यवस्थित गर्ने, पशु कृषि विमामा अनुदान जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए । उनले देवदह भित्रका भित्री सडकको स्तरउन्नती, ममर्तका साथै पुल निर्माण गर्ने योजना आफुहरुको रहेको बताए । देवदहमा प्रज्ञा प्रतिष्ठान स्थापना, पुरातात्विक क्षेत्र पहिचान गरी उत्खनन, पर्यटन गुरुयोजना तयार, बृद्ध भत्ता घरघरमा, खेलकुदको समग्र विकास, सवै घरमा सुभल स्वच्छ खानेपानीका योजना पनि आफुहरुले अघि बढाएको उनले बताए ।

उपप्रमुखकी उम्मेदवार विद्यालक्ष्मी गुरुङले ५ बर्षमा सिकेको अनुभवलाई दिगो बनाउने र थप विकासका आयोजनाहरु अघि बढाउन उम्मेदवार दिएको भन्दै शुसासन र समृद्धको आधार तय गर्न आफुहरु निर्वाचनमा लागेको बताईन । उनले गोवरग्यास प्रबद्र्धन कार्यक्रम, पुस्तकालय निर्माण, देवदह प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयमा स्तोन्नती गर्न संघ सरकार संग समन्वय गर्ने गरी आफुहरुले प्रतिबद्धता जनाएको बताईन ।

भुमिहिन सुकुमबासी र अव्यवस्थितहरुको लागत संकलन भई नापी प्रक्रियामा रहेकाहरुलाई संघ सरकारको समन्वयनमा पुर्जा वितरण गर्ने, सर्वाजनिक जग्गा संरक्षण, करको दायर बढाउदै दर घटाउने योजना प्रतिबद्धता पत्रमा उल्लेख छ । देवदहमा कलकारखाना स्थापना गर्न वातावरणीय स्वच्छता कायम गर्ने गरी कार्यविधि बनाउने जस्ता कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ४३ बजे

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक