४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसियाडका लागि बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट सकियो



काठमाडौं । एसियाली खेलकुदको १९ औँ संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो ।

बास्केटबलमा आठ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान श्रेष्ठले जनाए । यस्तै नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिका अनुसार कबड्डीमा २८ खेलाडी छानिएका छन् ।

बास्केट बलको थ्री बाइ थ्री बाइमा प्रतिक्षा मगर, श्रेया खड्का, गरिशा सिलवाल, विनामणि योञ्जन, एरिका श्रेष्ठ, अमिशा घले, छिरिङ छोकी शेर्पा र मिना गुरुङ पहिलो चरणमा छनोट भए ।

कबड्डीमा एपीएफकी सुनिता थापा, नेपाल प्रहरीकी मानमति विष्ट, नेपाल आर्मीकी निशा बोहरा, एपीएफकी रविना चौधरी, आर्मीकी मेणुका राजवंशी, एपीएफकी जयन्ती बढु, आर्मीकी गंगा घिमिरे, लुम्बिनी प्रदेशकी सिर्जना चौधरी, आर्मीकी अनुजा कुलुङ राई, सुदूरपश्चिम प्रदेशकी सिर्जना सुनार, गण्डकी प्रदेशकी बुद्धिमाया मगर र सुदूरपश्चिमकी कलावती पन्त रहेका छन् ।

अन्यमा आर्मीका मिना नेपाली र ईशा राई, प्रदेश १ की लक्ष्मी विश्वकर्मा, बागमती प्रदेशकी बविता पुकुवाल, एपीएफका सविना मल्ल र कमला थापा, प्रहरीकी गंगा राकसकोटी, आर्मीकी कोपिला कार्की, बाग्मतीकी अम्बिका कटुवाल, सुदूरपश्चिमकी सोनम चन्द, बागमतीकी पूजा दुवाल, प्रहरीकी नितु गुरुङ, प्रहरीकी राधिका खडायत, प्रदेश १ की पूजा राजवंशी, मधेश प्रदेशकी दिब्याकुमारी शाह र प्रहरीकी अर्पणा चौधरी छन् ।

एसियाली खेलकुदको इतिहासमा नेपालले महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाउन लागेको महासचिव प्रजापतिले जनाएका छन् । एसियाली खेलकुद चीनको हाङझावमा २५ भदौदेखि ९ असोजसम्म हुँदैछ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको