१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सर्वोच्चमा विश्वराज पोखरेलको रिट – आफुलाई कामु आईजीपी बनाउन मागदाबी



काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको निर्णय विरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

पोखरेलको तर्फबाट आज सर्वोच्चमा अधिवक्ता सुनिता रावतले रिट दायर गर्दै सरकारले गरेको बढुवाको निर्णय यथास्थितिमा राख्न माग गरेका छन् । पोखरेलले अदालतबाट न्याय निरुपण नभएसम्म आफुलाई कायममुकायम आईजीपीको रुपमा काम गर्न दिनुपर्ने मागदाबी पनि गरेका छन् ।

पोखरेलको रिट निवेदनलाई सर्वोच्च प्रशासनले दर्ता गरेको छ । रिटमाथि प्रारम्भिक सुनुवाइ बुधबार हुने भएको छ ।

पोखरेलले रिटमा जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमाण्डलगायत सबै आधारमा आफू अगाडि रहेको दाबी गर्दै सिंहलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग गरेका छन् । प्रहरी नियमावली२०७१ को नियम ४१ र ३० अनुसार महानिरीक्षकमा आफ्नो बढुवा हुनुपर्ने उनको माग रहेको छ ।

रिटमा पोखरेलले एआईजीसम्म आइपुग्दा आफुले कुनै विभागीय कारवाही नभोगेको पनि जिकिर गरेका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : २६ बजे

बाँकेका किसान चैते धानप्रति आकर्षित

नेपालगञ्ज । प्रशस्त उत्पादन हुने जानकारी अगुवा किसानबाट पाएपछि बाँकेका

गुजरातमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात

उपनिर्वाचन : आजबाट प्रचारप्रसार गर्न नपाइने

काठमाडौं । बैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक