३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

धर्म, संस्कार र संस्कृतिको संरक्षण साझा दायित्व : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु-स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गरेका छन् । धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवर्द्धन गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवर्द्धनको नीति लिएको बताएका छन् । चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवर्द्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले यस दिवसले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने तथा सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धिमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ७ : १५ बजे

खाना स्वाद मात्र होइन नेपाली संस्कृति पनि होः वरिष्ठ सेफ केसी

काठमाडौँ । खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन । दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन

रौनक हराएको दसैँ

काठमाडौँ । यतिबेला कतै दसैँको रौनक छ, कतै सुनसान त

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम