७ आश्विन २०८३, बुधबार | September 23, 2026

६४ जिल्लामा पुगे एक करोड ३२ लाख मतपत्र



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि देशका ६४ जिल्लामा मतपत्र पुगेका छन् ।

निर्वाचन आयोगले देशभर मतपत्र पुर्‍याउन काम भइरहेको जनाएको छ । अहिलेसम्म ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र पठाएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

अब काठमाडौं उपत्यका र मधेश प्रदेशका जिल्ला मात्रै मतपत्र पठाउन बाँकी रहेको छ । काठमाडौंबाट एकै दिनमा मतपत्र पठाउन सकिने ठाउँमा मात्रै बाँकी रहेको अर्यालले जानकारी दिए ।

उपत्यकाका तीन जिल्ला र मधेश प्रदेशका आठ जिल्लामा काठमाडौंबाट एकै दिनमा मतपत्र पुर्‍याउन सकिने भएकाले केही दिनमा पठाइने उनको भनाइ थियो ।

यससँगै ६ वटा महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र पनि छपाइ भइरहेको आयोगले जनाएको छ । आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र छाप्न थालेको हो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ८ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई