४ पुस २०८२, शुक्रबार | December 20, 2025

ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्ने एमाले तिलोत्तमाको योजना



तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नंं ११ को सुखौरा खोला उकास क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना अघि सारेको छ । एमालेले स्थानीय तह निर्वाचनको सन्दर्भमा जारी गरेको प्रतिबद्धता पत्रमा ढाँक्रेबासलाई “मिनी सौराहा” को रूपमा विकास गर्न पहल गरिने उल्लेख छ ।

सुखौरा खोलामा तटबन्ध गरी उकास क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने एमालेले जनाएको छ । तिलोत्तमा नगरपालिकाले ढाक्रेबासलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न छलफल चलाउँदै आएकोमा एमालेले यो विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेको हो ।

ढाँक्रेबासमा पर्याप्त जमिन, नजिकैं सुखौरा खोला र वन रहेकोले यो क्षेत्रलाई आकर्षक गन्तव्यको रुपमा विकास गर्न सकिने आधारहरु छन् । यो क्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न सक्दा स्थानीय समुदायको जीवनस्तरमा पनि परिवर्तन आउने अपेक्षा एमालेको छ । एमालेले आफ्नो घोषणा पत्रमा शंकरनगर, करहिया, बाउन्नकोटी, मधुवन, सुखौरा हरियाली, मिलन, कालिका लगायत नगरमा रहेका सामुदायिक वनहरुमा पर्यटन प्रवद्र्धनका सन्दर्भमा भैरहेका कामलाई अझ प्रभावकारी बनाउने उल्लेख छ ।

शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसँग साझेदारी गरिने, वनवाटिका, बाउन्नकोटी, तिलोत्तमा पार्क, कुञ्ज पार्क लगायतका पार्कहरूमा थप पूर्वाधार निर्माण गर्दै कुञ्ज पार्कलाई रात्रिकालीन पार्कको रूपमा विकास गरिने एमालेको घोषणापत्रमा उल्लेख छ ।

संघीय सरकारबाट निर्माणाधीन रोहिणी जलाशययुक्त बहुउद्देश्यीय परियोजनालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पहल गरिने, विभिन्न भाषाभाषी तथा संस्कृति, साहित्य, कला र संगीतको उपयुक्त सम्वर्धन र विकासका लागि छुट्टै सांस्कृतिक प्रतिष्ठान स्थापना गर्न पहल गरिने पनि एमालेको योजना छ ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको