२० मंसिर २०८२, शनिबार | December 6, 2025

गोरखामा आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी



गोरखा । गोरखा  नगरपालिका- १० मा नेपाली कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । मंगलबार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए ।

उनले भने, ‘आचारसंहिता उल्लंघन भयो भनेर मौखिक उजुरी आएको छ । उजुरी परेलगत्तै हामीले यस बिषयमा सिडिओ सावलाई जानकारी गराइसकेका छौँ ।’

सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : ०२ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय