२ चैत्र २०८२, सोमबार | March 16, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट गाउँपालिका–५ चनौटे बस्ने ५० वर्षीय देबी पोख्रेल लगायत ३ जना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको अवस्थामा अनटेष्ट लेखिएको लोडर सोमबार अचानक पल्टिँदा चिनियाँ नागरिक ३७ वर्षीय झु मिङ्बाओ लगायत ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लोडर चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापाको बाह्रदशी गाउँपालिका–५ सुवास टोलमा मे.१ त ६०१० नम्बरको ट्रयाक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २७ वर्षीय बाबुराम हेमरनको सोमबार मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ सिसहवामा लु.५१ प ४२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया भक्ति हरिजन रहेका छन् । उनको सोमबार मृत्यु भएको हो ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवा चोकमा लु.३ त ८३३८ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही लुम्बिनी सांकृतिक नगरपालिका–८ एक्ला बस्ने १० वर्षीय गणेश गुप्ता रहेका छन् ।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठस्थित सडकमा विआर ०५ एस ६७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय साहेब राय यादवको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–२५ सिसवनिया चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक कजना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुनसरीको वर्जु गाउँपालिका–५ अमही वेलाहामा मे.१० प ६८१५ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक मोरङ विराटनगर महानगरपालिका–१५ का रत्नेश धाडेवालको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीमा प्रदेश १–०२–०४२ प १६०० नम्बर र मे.७ प ६३७१ नम्बरका दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे.७ प ६३७१ नम्बरको मोटरसाइकल चालक गोबिन्दपुर–१ बस्ने ४५ वर्षीय गणेश सिटौला रहेका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : २६ बजे

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५

दुई छोराछोरीसहित आमा सम्पर्कविहीन

कर्णाली । सुर्खेतको गुर्भाकोट नगरपालिका-११ पिप्ले गाउँकी माया कठायत दुई

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ दशमलव १२ प्रतिशत

बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी