१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट गाउँपालिका–५ चनौटे बस्ने ५० वर्षीय देबी पोख्रेल लगायत ३ जना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको अवस्थामा अनटेष्ट लेखिएको लोडर सोमबार अचानक पल्टिँदा चिनियाँ नागरिक ३७ वर्षीय झु मिङ्बाओ लगायत ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लोडर चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

झापाको बाह्रदशी गाउँपालिका–५ सुवास टोलमा मे.१ त ६०१० नम्बरको ट्रयाक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २७ वर्षीय बाबुराम हेमरनको सोमबार मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ सिसहवामा लु.५१ प ४२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया भक्ति हरिजन रहेका छन् । उनको सोमबार मृत्यु भएको हो ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवा चोकमा लु.३ त ८३३८ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही लुम्बिनी सांकृतिक नगरपालिका–८ एक्ला बस्ने १० वर्षीय गणेश गुप्ता रहेका छन् ।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठस्थित सडकमा विआर ०५ एस ६७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय साहेब राय यादवको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–२५ सिसवनिया चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक कजना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुनसरीको वर्जु गाउँपालिका–५ अमही वेलाहामा मे.१० प ६८१५ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना हुँदा चालक मोरङ विराटनगर महानगरपालिका–१५ का रत्नेश धाडेवालको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीमा प्रदेश १–०२–०४२ प १६०० नम्बर र मे.७ प ६३७१ नम्बरका दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे.७ प ६३७१ नम्बरको मोटरसाइकल चालक गोबिन्दपुर–१ बस्ने ४५ वर्षीय गणेश सिटौला रहेका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ४ : २६ बजे

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा