१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता, सबैभन्दा बढी बागमतीमा कम सुदूरपश्चिम प्रदेशमा



काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना दर्ता भएका छन् । २०७८ वैशाख २१ देखि २०७९ वैशाख १२ गतेसम्मको अवधिमा ती घटना दर्ता भएका हुन् ।

नेपाल पत्रकार महासंघले आज सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ मा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

‘गत वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुको संख्यामा वृद्धि भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईमा यस वर्ष विभिन्न प्रकृतिका ७५ वटा घटना दर्ता भएका छन् जसमध्ये सबैभन्दा बढी पेशागत असुरक्षासम्बन्धी घटनाहरु रहेका छन् ।’

गतवर्ष यसै अवधिमा जम्मा ४५ वटा घटना रेकर्ड भएका थिए ।

यस वर्ष दर्ता भएका ७५ वटा घटनामा २८१ पत्रकार तथा सञ्चारगृहहरु प्रभावित भएको महासंघले जनाएको छ । सबैभन्दा बढी घटना बागमती प्रदेशमा देखिएको छ ।

‘लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रले भोग्दै आएको मुख्य समस्या श्रमजीवी पत्रकारहरुको पेशागत अधिकारसम्बन्धी समस्या हो । २८ वर्षपश्चात पनि धेरै जसो सञ्चारगृहहरुले श्रमजिीवी पत्रकार ऐन, २०५१ को पूर्ण कार्यान्वयन गरेका छैनन् जसका कारण पत्रकारहरुले न्यून पारिश्रमिक पाउने, समयममा पारिश्रमिक नपाउने, अनायासै निष्काशनमा पर्ने, नियुक्तिपत्र नै नपाउने जस्ता समस्याहरु अझै पनि यथावत् छन्,’ प्रतिवेदनमा भनिएको छ ।

पछिल्लो एक वर्षमा नेपालमा पत्रकार हत्या तथा बेपत्ताका घटना नभएका प्रतिवेदनमा उल्लेख गरिएको छ । तर पत्रकार गिरफ्तारका तीन वटा घटना भएको जनाइएको छ ।

त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ९ वटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणको १, दुव्र्यवहार तथा धम्कीका २८ वटा घटना भएका छन् भने पेशागत असुरक्षाका ३१ घटना दर्ता भएका छन् ।

‘यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका सबैभन्दा धेरै घटनाहरु बागमती प्रदेशमा भए भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा,’ प्रतिवेदनमा उल्लेख छ ।

महासंघ प्रेस स्वतन्त्रता अनुगमन इकाईको रेकर्डका अनुसार बागमती प्रदेशमा ५४ वटा यस्ता घटना भएका थिए भने सुदूरपश्चिम प्रदेशमा कुनै पनि घटना रेकर्ड गरिएन । त्यसैगरी प्रदेश नं १ मा ६, मधेश प्रदेशमा ६, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा २ र कर्णाली प्रदेशमा ५ वटा घटना भएका थिए ।

यस अवधिमा २३९ पुरुष पत्रकार, ३३ महिला पत्रकार र ९ वटा सञ्चार संस्थाहरु प्रेस स्वतन्त्रता उल्लंघनका घटनाबाट प्रताडित भएको प्रतिवेदनमा जनाइएको छ ।

घटनाको प्रकृतिका आधारमा हेर्दा यस वर्ष सबैभन्दा बढी पत्रकारहरुको पेशागत सुरक्षाका घटनाहरु बढी देखिएका छन् । पेशागत असुरक्षाका घटनाहरुमा मुख्यरुपमा कोरोना महामारीको बहानामा पत्रकारहरुलाई रोजगारीबाट हटाइएका वा तलब सुविधा उपलब्ध नगराइएका घटनाहरु मुख्य रहेका छन् ।

‘पेशागत असुरक्षाका ३१ वटा घटनामा १८६ पत्रकारहरु पीडित भएका थिए । त्यसैगरी पत्रकारहरुमाथि दुव्र्यवहार वा धम्कीका २८ घटनाहरु रेकर्ड भएका छन् भने कब्जा वा अवरोधका ९ वटा घटना रेकर्ड भएका छन्,’ महासंघले प्रतिवेदनमा भनेको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ५ : २६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति