८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले उपाध्यक्ष पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटे



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् । उनी मंगलबार बुटवल-११ का विभिन्न टोलहरूमा पुगेर एमालेका सबै उम्मेदवारहरूलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका हुन ।

सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह आएकोले एमालेको जित सुनिश्चित रहेको बताए । विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै एमालेका उम्मेदवारहरूलाई जिताउन जनता अतुर रहेको दावी गरे । बुटवलको सबै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान आफूहरूले गर्ने नेता पौडेलको भनाइ छ ।

‘एमाले नेतृत्वको सरकारले अव्यवस्थित र सुकुम्बासीलाई जग्गाधनी पूजा वितरणको लागि सबै प्रक्रिया पूरा गरे पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नैं खारेज गरेर अन्तिम समय रोकिन पुगेको हो । अहिलेको सरकारले सुकुमबासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाबिहीन नगरबासीले जग्गा धनी बनाउछौं ।’

पौडेलले तिनाउ दानव करिडोर निर्माण क्षेत्रका बसोबासीहरूको पनि उचित प्रवन्ध गर्ने पनि बताए । ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयहरूलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रवन्ध मिलाउछौ’ नेता पौडेलले भने । नगरका प्रायजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए । ‘विकासको चाहना हामीले बुझेका छौं । कार्यान्वनको जिम्मा हामी लिन्छौं । विकास सिक्न बुटवल आउने हामी बनाउँछौं’ पौडेलले भने ।

उनले बुटवलबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई र डेपुटी मेयरका प्रत्यासी सावित्रादेवी अर्याल, एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवाहरू सहित सबै वडाहरूमा एमालेको जित सुनिश्चित रहेको दावी गरे । घरदैलोमा नगरबासीको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ६ : २० बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन