१४ असार २०८३, आइतबार | June 28, 2026

रुपन्देहीमा घोषणापत्रमा दलीय आश्वासनः भ्यू टावरलाई कलेज बनाउने, कर पुरै मिनाहा देखि आँगन धुने पानीसम्म



बुटवल । राजनीतिक दलहरुले जारी गरेका चुनावी घोषणापत्रमा मनलाग्दी आश्वासन बाँडिएको छ । घोषणापत्रमा उल्लेख गरिएका कतिपय विषय काल्पनिक र असम्भव छन् ।

यसैक्रममा नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर वनवाटिकामा निर्माण गरिएको भ्यू टावरलाई कलेज बनाउने आश्वासन दिएको छ । समाजवादीबाट तिलोत्तमाको मेयरमा उम्मेदवारी दिएकाी आशाकुमारी चौधरीले तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने बताइन् । ‘हामीले हाम्रो घोषणापत्रमा भ्यू टावरलाई व्यवस्थापन कलेज बनाउने योजना अगाडि सारेका छौं,’ उनले भनिन् ।

शंकरनगर वनवाटिका पर्यटकीय क्षेत्र हो । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न र नगरपालिकालाई वैकल्पिक आम्दानीको स्रोत गराउने उद्देश्यले वनवाटिकामा बहुउद्देश्यीय भ्यू टावरको निर्माण गरिएको थियो ।

भ्यू टावरमा कलेज सञ्चालन गर्न असम्भव हुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘भ्यू टावर पर्यटकीय आकर्षणका लागि बनाइएको हो, तर कलेजका लागि छुट्टै मापदण्ड र पूर्वाधार हुनुपर्छ, प्राविधिक अध्ययनबिना गरिने यस्ता घोषणाको अर्थ छैन्,’ उनले भने ।

केही दिन अघिमात्रै नेपाली कांग्रेसले तिलोत्तमा नगरपालिकामा जारी गरेको घोषणापत्रमा नगरपालिकाको प्रशासनिक भवनलाई अस्पताल बनाउने बताएको थियो । त्यसको पनि सर्वत्र आलोचना भएपछि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणले यो विषय प्राविधिक अध्ययनको विषय भएको बताएका थिए ।

एकीकृत समाजवादीले ल्याएको घोषणपत्रमा तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा गर्ने उल्लेख छ । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले एकातिर कर नगरपालिकाको आम्दानीको स्रोत भएको भन्दै कर मिनाहाले नगरपालिकाको विकास कसरी हुन्छ भन्दै प्रश्न गरे । ‘करका दरहरू बढी भए पुनर्विचार गर्न सकिने अलग कुरा हो, तर पुरै मिनाहा गर्छु भन्ने कुरा घोषणापत्रमा लेख्नु काल्पनिक बाहेक केही होइन,’ उनले भने ।

नगरपालिकामा बहाल रहेको एमालेले पनि नगरका सबै वार्डमा प्रसुति गृह बनाउने देखि नगरबासीलाई पिउने पानी मात्र होईन आँगन धुने पानीको व्यवस्था गर्ने प्रतिबद्धता जारी गरेको छ । एमालेले नगरपालिका प्रमुखमा पुराना सञ्चारकर्मीलाई उठाएपनि एमालेको प्रतिबद्धतापत्रमा सञ्चारगृह र सञ्चारकर्मीको स्तर उन्नतीका सम्बन्धमा प्रतिबद्धतापत्र मौन छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ११ : २६ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट