२ चैत्र २०८२, सोमबार | March 16, 2026

निर्वाचनको मुखमा भारत गइरहेका नेपाली भन्छन्- हाम्रो परिवार कसले पाल्ने ? नेतालाई विश्वास गर्न सकिएन



धनगढी । स्थानीय तह निर्वाचन आउन अब नौ दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भरत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।

‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपलिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’

नेता र उनीहरूको पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेको उनी भन्छन् । ‘घरघरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’ रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’

सोही ठाउँका हिमाल रावल नयाँ वर्ष मनाउन भारतको दिल्लीबाट घर फर्केका थिए । चुनावको मुखैमा उनी फेरि रोजगारीका लागि भारत नै फर्केका छन् । भारतबाट कमाएर ल्याएको पैसा घरमा परेको ऋण तिर्नमै ठिक भएको भन्दै उनले छोराछोरीलाई स्कुल पढाउन स्मस्या हुने देखिएपछि पुनः भारत हिँडेको बताए । ‘आफुले पढ्न नसकेपछि छोराछोरीलाई पढाउने रहर छ,’ उनले भने, ‘नयाँ भर्नाको समय आउँदा आफुसँग पैसा नभएपछि कामको खोजीमा भारत गइरहेको छु ।’

चुनावका बेला मात्रै नेताहरू आफ्ना हुने गरेको भन्दै उनले भने, ‘चुनावपछि कसैले हामीलाई चिन्दैनन् । चुनावमा गाउँ बस्नुभन्दा दुई चार पैसा कमाउन सकिन्छ भनेर भारत जाँदै छु ।’ नयाँ वर्ष मनाउन चैत अन्तिम साता नेपाल आएका उनी एक महिना पनि घरमा बसेर पुनः भारत तर्फ फर्कन लागेका हुन् ।

आफु भारत हुँदा घर खर्च चलाउन परिवारले गाउँमा निकालेको ऋण तिर्नमै सकियो ल्याएको पैसा,’ उनले भने, ‘बचेको पैसा नयाँ वर्ष मनाउनमै सकियो, लामो समय घरमा बस्दा फेरि ऋण पर्ने भएपछि भारत फर्केको हुँ ।’

यसअघि निर्वाचनको समयमा नेताहरुले थुप्रै आश्वास दिए पनि जनताको जीवनमा परिवर्तन नआएको हिमालले बताए । ‘२०७४ को निर्वाचनमा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा सबै उम्मेदवारको प्राथमिकतामा थियो,’ उनले भने, ‘तर पाँच वर्षसम्म गाउँमा कुनै रोजगारीका अवसर सृजना भएन । अहिले पनि उम्मेदवार त्यही नारा लिएर गाउँ आइरहेका छन्, अब पत्याउँन सकिएन ।’

भारत जान लागेका बझाङको छबिस पाथिभेरा गाउँपालिका-३ का नवराज जोशीले अघिल्लो स्थानीय तहको निर्वाचनमा उत्साहका साथ उम्मेदवारको पछि लागेको बताए । गाउँगाउँमा विकासको लहर ल्याउँछौं, भारत जानुपर्ने बाध्यताको अन्त्य गछौं, निस्शुल्क शिक्षा प्रदान गछौं, डाक्टरसहितको स्वास्थ्य चौकी बनाउँछौं भन्दै अघिल्लो चुनावमा नेताहरूले नारा लगाएका थिए,’ जोशीले भने, ‘ती नारा चुनावपछि हराए । त्यसैले यस पटकको चुनावप्रति कुनै उत्साह जागेन । गाउँमा हल्लिएर बस्नुभन्दा भारततर्फ जान ठिक लाग्यो ।’

 

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : २७ बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५