२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बीस दिनमा विपद्का घटनाबाट १८ जनाको मृत्यु, २८ करोडभन्दा बढीको आर्थिक क्षति



काठमाडौं । वर्ष २०७९ सुरु भएपछिको २० दिनमा देशभर विपद्का घटनामा परी १८ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणका अनुसार विपद्का घटनाले यस वर्षको पहिलो २० दिनमा २८ करोड २२ लाख ६४ हजार १०० रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ ।

वैशाख १ देखि २० गतेसम्मको अवधिमा देशभर ३४६ वटा विपद्का घटना रेकर्ड गरिएको प्राधिकरणले जनाएको छ ।

उक्त अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । पछिल्लो २० दिनमा आगलागीका २३३, जंगल आगलागीका ४२, हावाहुरीका ३४, चट्याङका २४, जनावरको आक्रमणका ९ वटा घटना रेकर्ड गरिएको थियो ।

विपद्का घटनामध्ये आगलागीमा परी ८, चट्याङ लागेर ६, जनवारको आक्रमणबाट २ र पहिरो र हावाहुरीका घटनामा परी एक÷एक जनाको मृत्यु भएको प्राधिकरणले बताएको छ ।

विपद्का घटनामा परी ७९ जना घाइते भएका छन् भने ४७३ परिवार प्रभावित भएका छन् ।

विपद्का घटनामध्ये सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीले गरेको छ । प्राधिकरणको तथ्याङ्कअनुसार पछिल्लो बीस दिनमा आगलागीबाट २६ करोड ३७ लाख ९१ हजार ६ सय रुपैयाँ, जंगल आगलागीबाट १ करोड ५ लाख ७० हजार रुपैयाँ, हावाहुरीबाट ७१ लाख ४० हजार रुपैयाँ, चट्याङबाट ४ लाख १३ हजार रुपैयाँ र जनावरको आक्रमणबाट ३ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ३ : १३ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको