१८ श्रावण २०८३, सोमबार | August 3, 2026

पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको भन्दै पत्रकार महासंघको आयो विज्ञप्ति



बुटवल । नेपाल पत्रकार महासंघको रुपन्देही शाखाले रुपन्देहीमा पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको गुनासो आएको जनाएको छ । पत्रकार महासंघले आज एक विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनका बेलामा भावनात्मक, उत्तेजित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, बिषयलाई अतिरञ्जित हुने गरि समाचार सम्प्रेषण गर्ने जस्ता आचार संहिता विपरितको कार्य नगर्दा निर्वाचन पश्चात पनि पत्रकारको रुपमा सम्मान प्राप्त गर्न सकिने स्पष्ट पारेको छ ।

महासंघले विज्ञप्ति मार्फत बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आफ्ना सम्पूर्ण सदस्यलाई आहृवान समेत गरेको छ ।

‘नेपाली पत्रकारको साझा संस्था महासंघले सदैव साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको स्मरण गराउदछौं ।’ विज्ञप्तिमा लेखिएको छ, -‘निर्वाचनको संघारमा भइरहेका गतिविधि र भूमिकालाई महासंघ रुपन्देही शाखाले नजिकबाट नियालिरहेको छ ।’ निर्वाचन जति जति नजिक आइरहेको छ, त्यतिकै पत्रकारहरुले आचार संहिताको पालना पूर्ण रुपमा गर्न जरुरी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख भएको विज्ञप्ति मार्फत सचेत गराईएको छ । महासंघले सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन आग्रह पनि गरेको छ ।

केहि दिनयता रुपन्देहीमा पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको गुनासो आएकाले निर्वाचन आचार संहिताको पूर्ण पालना गरि पत्रकारिताले सामाजिक रुपमा प्राप्त गरेको प्रतिष्ठालाई हेक्का राख्न पुन स्मरण गराउदछौं ।’ पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव बिनोद परियारले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ, -‘निर्वाचनका बेलामा भावनात्मक, उत्तेजित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, बिषयलाई अतिरञ्जित हुने गरि समाचार सम्प्रेषण गर्ने जस्ता आचार संहिता विपरितको कार्य नगर्दा निर्वाचन पश्चात पनि पत्रकारको रुपमा सम्मान प्राप्त गर्न सकिन्छ ।’

निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता तथा अनुगमन विभाग र अनुशासन विभागले अनुगमन गरिहेको पनि विज्ञप्तिमार्फत महासंघ रुपन्देहीले जानकारी दिएको ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ४ : ३२ बजे

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा