२६ बैशाख २०८३, शनिबार | May 9, 2026

जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते



जुम्ला । जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् ।

तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै रण बहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको उनीहरूको ज्यान गएको हो ।

बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

मृतक दुवै बालबालिकालाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । लक्ष्मी बोहरा घरनिमार्णको काम गर्दै गर्दा मृतक दुई बालक खेल्ने गएको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार दिउँसो साढे दुई बजे तिर सुख्खा पहिरो गएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  ६ : ४९ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु