२२ भदौ २०८३, सोमबार | September 7, 2026

सगरमाथामा स्वचालित मौसम केन्द्र



काठमाडौं । सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।

यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले जानकारी दिनुभयो । यो केन्द्र आठ हजार ४३० मिटरमा रहेको छ ।

चीनले अहिले राखेको मौसम विज्ञान केन्द्र आठ हजार ८३० मिटरको उचाइमा राखिएको चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको छ । चीनले विश्वकै सबैभन्दा अग्लो स्थानमा राखिएको मौसम केन्द्र भएको दाबी गरेको छ ।

‘पृथ्वी शिखर मिसन २०२२’ नाम दिइएको चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीमा १४ सदस्य रहेका थिए । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहे । विभिन्न १६ वटा आरोहण दलसहित २७० जनाभन्दा बढीको चिनियाँ टोली गत महिना सगरमाथा उक्लेको हो ।

धेरै जना असहज मौमसका कारण बीचबाटै फर्के तर माथि उक्लने उत्कट चाहना बोकेका १४ जनाले भने एक समूह बनाएर अघि बढेका थिए । सोही टोलीले सगरमाथामा मौसम विज्ञान केन्द्र स्थापना गर्न सफल भएका हुन् ।

यस केन्द्रले स्वचालित रूपमा यहाँको मौसमी विवरणको तथ्याङ्क दिन सघाउने विश्वास लिइएको छ । चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिक तथा अभियानका प्रमुख पर्वतारोही डेचेन गोड्रपले केन्द्र स्थापना भएपछि आधार शिविरमै रहेर उच्च हिमाली भेगको अध्ययन गर्न सहज हुने बताए ।

यस अभियानले हिमाली भेगमा उच्च प्रविधिको प्रयोगले जलवायु परिवर्तनको ढाँचा र उच्च भेगमा हरितगृह ग्यासको उपलब्धताको अध्ययन गर्ने लक्ष्य लिएको छ । जसले सर्वोच्च शिखरको संरक्षणका लागि नवीन वैज्ञानिक योजना बनाउन सघाउने अपेक्षा गरिएको छ । उक्त समूहले उच्च हिमाली भेगमा मौसम विज्ञानको स्वचालित अवलोकन गर्दै तथ्य सङ्कलन, शिखरमा हिउँको मोटाइ र हिउँको अवस्थितिको अवस्थाको नापजाँच गर्न थप राडारको प्रयोग गर्ने योजना बनाएको छ ।

सगरमाथामा रहेको मौसम केन्द्रले त्यहाँको वर्तमान मौसमी विवरणको जानकारीसँगै विश्वव्यापी तापक्रम वृद्धिको असरको मूल्याङ्कन गर्न सघाउ पुग्ने जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीले बताउनुभयो तर यसको विश्लेषणका लागि कम्तीमा दस वर्षको तथ्याङ्क जरुरी हुन्छ । आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले यो समाचार लेखेका छिन ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ६ : २७ बजे

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको