२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भरतपुरका बागी जगन्नाथलाई भेटे कांग्रेस वरिष्ठ नेता पौडेलले



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई भेट गरेका छन् ।

सत्ता गठबन्धनले आज भरतपुरमा गर्न लागेको चुनावी सभाअघि रामचन्द्रले मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथसँग कुराकानी गरेका हुन् । जगन्नाथले कांग्रेसले भरतपुरको मेयर पाउनुपर्ने अडान राख्दै आएका थिए । माओवादी केन्द्रका रेणु दाहालले गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएपछि जगन्नाथले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

वरिष्ठ नेता पौडेलले उम्मेदवारी फिर्ताको घोषणा गरेर गठबन्धनको निर्णयलाई सम्मान गर्न जगन्नाथलाई आग्रह गरेका छन् । जगन्नाथले भने आफुले उम्मेदवारी फिर्ता नलिने बरु रेणुलाई फिर्ता लिन लगाउनुपर्ने बताएका छन् । सिराइचुली होटलमा पौडेलले जगन्नाथसहित उनको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई पनि सँगै भेट गरेका हुन् ।

कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट कारवाही गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ०२ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको