१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भरतपुरका बागी जगन्नाथलाई भेटे कांग्रेस वरिष्ठ नेता पौडेलले



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई भेट गरेका छन् ।

सत्ता गठबन्धनले आज भरतपुरमा गर्न लागेको चुनावी सभाअघि रामचन्द्रले मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथसँग कुराकानी गरेका हुन् । जगन्नाथले कांग्रेसले भरतपुरको मेयर पाउनुपर्ने अडान राख्दै आएका थिए । माओवादी केन्द्रका रेणु दाहालले गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएपछि जगन्नाथले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

वरिष्ठ नेता पौडेलले उम्मेदवारी फिर्ताको घोषणा गरेर गठबन्धनको निर्णयलाई सम्मान गर्न जगन्नाथलाई आग्रह गरेका छन् । जगन्नाथले भने आफुले उम्मेदवारी फिर्ता नलिने बरु रेणुलाई फिर्ता लिन लगाउनुपर्ने बताएका छन् । सिराइचुली होटलमा पौडेलले जगन्नाथसहित उनको प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई पनि सँगै भेट गरेका हुन् ।

कांग्रेसले बागी उम्मेदवारी फिर्ता नलिनेलाई पार्टीबाट कारवाही गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  १० : ०२ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको