१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइनन्, केपी ओली हुन् : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका बागी उम्मेदवार जगन्नाथ पौडेलमा धैर्यता नरहेको बताएका छन् । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनमा बागी उम्मेदवारहरूलाई भेट्न जाँदा उनमा धैर्यता नदेखिएको बताए ।

‘मैले जगन्नाथ जीलाई भेटेँ । भेटेर जुन कुरा राख्न खोजेको थिए । उहाँहरूमा सुन्न सक्ने धैर्यता रहेनछ । धैर्यता गुमाएपछि उहाँ छोटो कुरा गरेर जानुभयो ।’ पौडेलले भने ।

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग र प्रचण्डसँग नभएको उनको भनाइ थियो । ‘हाम्रो प्रतिस्पर्धा माओवादीसँग होइन्, प्रचण्डसँग होइन् । हाम्रो प्रतिस्पर्धा त नेकपा एमाले अध्यक्ष केपी ओलीसँग हो । उनमा देखिएको केपी ओली प्रवृतिसँग हाम्रो प्रतिस्पर्धा हो ।’ उनले भने ।

देशलाई गठबन्धनको आवश्यकता रहेको भन्दै केपी ओली निरकुंशतातर्फ अघि बढ्दै गर्दा आफू गठबन्धन बनाउनतिर लागेको बताए ।

पौडेलले आफूहरुको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताए । उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताए । कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेको भन्दै उनले गठबन्धन गरेको बताए ।

निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्नेको पुष्टि ओलीले गरेको भन्दै उनले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे ।

चितवनका कांग्रेस नेताहरुको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरुले बेवास्ता गरेको समेत पौडेलले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ३ : ३३ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति