१० भदौ २०८३, बुधबार | August 26, 2026

गठबन्धन टुट्दैन, रेणु दाहाललाई कुनै पनि शंका नहुने गरी सहयोग गर्नुपर्छ : देउवा



चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेणु दाहाललाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले चितवनको भरतपुर महानगरको मेयरमा रेणुलाई शंका नहुनेगरी सहयोग गर्न आग्रह गरेका हुन् ।

‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस् । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ देउवाले भने, ‘बेरूजु नहुने एक मात्र नगरपालिका भरतपुर हो । अरु नगरपालिकामा धेरै बेरूजु छ ।’

रेणुले भरतपुरमा गरेको विकास देखेर आफू निकै खुसी भएको उनको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेका देउवाले रेणुले मेयरमा अहिले नै चुनाव जितिसकेको बताए ।

आफ्नै पार्टीले बखेडा झिकिरहेको भन्दै उनले भने, ‘उहाँले जितिसक्नु भएको छ । तर, के गर्ने मेरै पार्टीका साथीहरूले बखेडा झिक्नुभएको छ ।’

सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने बताए । देउवाले गठबन्धन नटुट्ने भन्दै रेणु दाहालको टिमलाई भोट दिन आग्रह गरे ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रणु दाहालले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले बागीको रुपमा स्वतन्त्र मनोनयन दर्ता गरेका छन् । साथै बिहीबार आयोजित सभामा वक्ताको रुपमा सम्बोधन गरेका चितवनका नेताहरुले गठबन्धन टुट्न सक्ने, यसअघि जस्तै रेणुका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिन सक्ने आशंका गरेका थिए । तत् पश्चात सम्बोधन गरेका प्रचण्ड र देउवाले गठबन्धन नटुट्ने दाबी गरे ।

कुनै पनि हालतमा गठबन्धन नटुट्ने भन्दै रेणुलाई भोट दिन आह्वान गर्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । कुनै पनि हालतमा गठबन्धन टुट्ने काम हुँदैन । राम्रो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने हो । तर, यहीँकै साथीले विरोध गर्नु भएको छ । हाम्रो पार्टीले कुनै बखेडा झिक्नु जरुरी छैन ।’

कांग्रेस चितवनका नेताहरुले रेणुलाई भोट दिनु कर्तव्य भएको भन्दै देउवाले भने, ‘चितवनका साथीको कर्तव्य हो, रेणु दाहाललाई सहयोग गर्नु । बेरुजु नभएको महानगरको मेयर हो उहाँ ।’

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ४ : ४६ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ