२३ चैत्र २०८२, सोमबार | April 6, 2026

के विपन्‍न मतदाता भोट बैंक मात्र हुन् ?



सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका-२ रोकायगाउँका ५२ वर्षीय वीर कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारले विभिन्‍न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’

भेरी नगरपालिका-११ कटीगाउँका १ सय ५७ घर परिवार ऋणमा डुबेका छन् । ऋण तिर्न स्थानीय भारतसहित अन्य मुलुकमा रोजगारीमा जान्छन् । धेरै परिवार विस्थापितसमेत भइसकेका छन् । निर्वाचनका बेला पुग्‍ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताए  ।

‘हामी त भोट बैंक मात्र भयौं,’ उनले भने, ‘भोटका लागि झुटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन्।’ यसपटक ऋण तिर्ने गरी आर्यआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

उनले वर्षौंदेखि राजनीतिकले सपना बाँडिरहेको बताए । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए ।

गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेरका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन(चार वर्ष देखि गाउँका अधिकांश मानिसहरु ऋणमा डुवेर गाउँ छोड्न बाध्य छन् ।

हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्‍ने राजनीतक दलले दलित समुदायको समस्याहरुको कुरा वर्षौंदेखि बिर्सिरहेको उनको गुनासो छ ।

यसअघिको निर्वाचनमा गरेरका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्‍नुपर्ने बेला आएको कुशे गाउँपालिका-४ का दत्तबहादुर नेपालीले बताए  । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’

उनका अनुसार जिल्ला भरिका २ हजार भन्दा बढी परिवार जिल्ला बाहिर छन् । अघिल्लो निर्वाचनमा उम्मेदवारले ल्याएका एजेन्डा फेरि दोहरिएको नलगाड नगरपालिका-३ का गंगराम नेपालीले बताए । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ८ : ३८ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव