३० भदौ २०८३, मंगलबार | September 15, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु



काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पाल्पा, पर्सा, झापा र धनकुटामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका–३ बस्ने ४६ वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।

पर्साको ठोरी गाउँपालिका–३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको मोटरसाइकल बिहीबार दुर्घटना हुँदा चालक भारत पश्चिमी चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको छ ।

झापाको कनकाई नगरपालिका–३ नँया बस्तीस्थित सडकमा को.२३ प ४०४७ नंम्बरको मोटरसाइकल ना.६ ख ९०७९ नम्बरको ट्रकमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय बुद्धकान्त सुबेदी छन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा सोही गाउँपालिका–३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्र बहादुर याखाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ३५ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको