१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जिम्बाबे ए लाई नेपालको सामान्य लक्ष्य



काठमाडौं । एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाबे ‘ए’ लाई नेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍यो ।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे ।

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गत साता शनिबार नै नेपाल र जिम्बाबे बीचको तीन एकदिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।

त्यसलगत्तै नेपाल क्रिकेट संघ ९क्यान०ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन टी-२० शृंखला आयोजना गरेको थियो ।

तीन टी-२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।

नयाँ तालिकाअनुसार शुक्रबारबाट तीन एकदिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १ : १८ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष