२८ असार २०८३, आइतबार | July 12, 2026

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने



काठमाडौं । पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् ।

गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेको छ ।

त्यस्तै गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवार विरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्कृय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने निर्णय समेत सचिवालय बैठकले गरेको हो । यस्ता उम्मेदवारकाबारे हरेक दलले एक अर्कालाई जानकारी गराउनुपर्ने छ ।

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरू बीचमा असमझदारी सिर्जना भएमा आपासी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय समेत गरिएको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरूबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहनेछ ।

सचिवालय संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रबाट डोरप्रसाद उपाध्याय, नेकपा एकीकृत समाजवादीका लक्ष्मण केसी, जनता समाजवादी पार्टीबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

पाँच दलीय गठबन्धनको यसअघिको बैठकले बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारवाही गर्ने निर्णय गरेको थियो । बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिने बागीलाई सम्बन्धित पार्टीले कारवाही गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : ३१ बजे

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको