३० भदौ २०८३, मंगलबार | September 15, 2026

पालिका प्रमुखसहित अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै



अर्घाखाँची । अर्घाखाँचीमा नगर प्रमुखसहित ३८ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा चार जनाले नगर प्रमुख तथा एक जनाले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै नगरपालिका उपप्रमुखमा एक जना गाउँपालिका उपाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा राजेन्द्र नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपालकै ठूलो नगरपालिका शितगंगाको नगर प्रमुखमा हुमबहादुर रायमाझी, जनक भुसाल, कुमार घर्ती गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नगर उपप्रमुखमा शितगंगा नगरपालिकामा सरस्वती थापाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यस्तै गाउँपालिका प्रमुखमा मालारानीमा अर्जुन खनाललले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा मालारानीमा लालबहादुर बस्नेत र पाणिनीमा बेदराज घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाभर १८ जनाले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा छत्रदेवमा गाउँपालिकामा रुद्रदेव पाण्डे र नारायण प्रसाद पाण्डे, पाणिनी गाउँपालिकामा शुभबहादुर शारु थापा, मालारानी महेश खनाल र रामबहादुर सुनार, सन्धिखर्कमा नरेन्द्र आचार्य, हरिबहादुर थापा, वीरेन्द्र खड्का, कर्णबहादुर थापा क्षेत्री, शालिकराम खनाल र खिमराज भट्टराई, शितगंगा नगरपालिकामा रामबहादुर विसी, बुद्धीराम भुसाल, गणेश कुमार बेल्वासे, विष्णु केसी, पूर्णबहादुर घर्ती, शेरबहादुर बढाथोकी र अयानबहादुर विकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै जिल्लाभर खुल्ला वडा सदस्यमा आठ जना, महिला सदस्यमा तीन जना, दलित महिला सदस्यमा एक जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।

निर्वाचनको लागि अर्घाखाँची जिल्लाभर ९६ मतदान स्थल र २०२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको लागि अर्घाखाँचीमा करिब दुई हजार जनशक्ति परिचलन हुने जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मतदान सामग्रीहरु जिल्लामा आइपुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ३६ बजे

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी

अब एटीएममै पाइन्छ १०० का नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई एटिएममा एक सय

रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ

बुटवल । रुपन्देहीमा १ थान पेस्तोलसहित २ जना पक्राउ परेका

क्यासिनोमा जुवा खेल्दै गर्दा पक्राउ परेका गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक धरौटीमा छुटे

वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो)मा प्रहरीले गरेको