१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

पालिका प्रमुखसहित अर्घाखाँचीमा ३८ जना स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दै



अर्घाखाँची । अर्घाखाँचीमा नगर प्रमुखसहित ३८ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा छन् । ६ वटा स्थानीय तह रहेको अर्घाखाँचीमा चार जनाले नगर प्रमुख तथा एक जनाले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै नगरपालिका उपप्रमुखमा एक जना गाउँपालिका उपाध्यक्षमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा सन्धिखर्क नगरपालिकाको नगर प्रमुखमा राजेन्द्र नेपालीले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नेपालकै ठूलो नगरपालिका शितगंगाको नगर प्रमुखमा हुमबहादुर रायमाझी, जनक भुसाल, कुमार घर्ती गरी तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने नगर उपप्रमुखमा शितगंगा नगरपालिकामा सरस्वती थापाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

त्यस्तै गाउँपालिका प्रमुखमा मालारानीमा अर्जुन खनाललले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा मालारानीमा लालबहादुर बस्नेत र पाणिनीमा बेदराज घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाभर १८ जनाले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमा छत्रदेवमा गाउँपालिकामा रुद्रदेव पाण्डे र नारायण प्रसाद पाण्डे, पाणिनी गाउँपालिकामा शुभबहादुर शारु थापा, मालारानी महेश खनाल र रामबहादुर सुनार, सन्धिखर्कमा नरेन्द्र आचार्य, हरिबहादुर थापा, वीरेन्द्र खड्का, कर्णबहादुर थापा क्षेत्री, शालिकराम खनाल र खिमराज भट्टराई, शितगंगा नगरपालिकामा रामबहादुर विसी, बुद्धीराम भुसाल, गणेश कुमार बेल्वासे, विष्णु केसी, पूर्णबहादुर घर्ती, शेरबहादुर बढाथोकी र अयानबहादुर विकले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै जिल्लाभर खुल्ला वडा सदस्यमा आठ जना, महिला सदस्यमा तीन जना, दलित महिला सदस्यमा एक जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर जगदिश पाण्डेले जानकारी दिए ।

निर्वाचनको लागि अर्घाखाँची जिल्लाभर ९६ मतदान स्थल र २०२ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको लागि अर्घाखाँचीमा करिब दुई हजार जनशक्ति परिचलन हुने जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मतदान सामग्रीहरु जिल्लामा आइपुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ३६ बजे

तिब्बतमा सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

ल्हासा । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि

लुम्बिनीका होटल व्यवसायी आन्दोलित

भैरहवा । पटक पटक अन्दोलित बनेका लुम्बिनी क्षेत्रका होटल व्यवसायी

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राखिने

काठमाडौं । आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर