७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गठबन्धन भन्दा प्रतिगमन शक्तिशाली छ : राजमो अध्यक्ष केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन भन्दा प्रतिगमन बलियो रहेको बताएका छन् । पाँचदलिय गठबन्धनले काठमाडौमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धन भन्दा विभिन्न शक्तिको आडमा प्रतिगमन बलियो रहेको बताएका हुन् ।

अध्यक्ष केसीले गठबन्धनकै दलहरु भित्र समस्या रहेको बताउँदै त्यही कमजोरीमा टेकेर प्रतिगमनले आफ्नो लक्ष्य प्राप्त गर्न प्रयास गरिरहेको बताए । उनले संसद देख्न नसक्ने, परिवर्तन देख्न नसक्ने, धर्म निरपेक्ष देख्न नसक्ने शक्तिले विभिन्न बहानमा गठबन्धनलाई कमजोर बनाउन खोजिरहेको पनि बताए ।

गठबन्धनका दलहरुले पनि सरकारमा गएको बेला राम्रो काम गर्न नसकेको बताउँदै जनतामा राम्रो काम गर्न नसकेकाले राजनीतिमा निरासा आएको बताए । राजनीति जागिर खाने, व्यवसाय गर्ने पेशा नभएर सेवा गर्ने पेशा भएको बताउँदै अध्यक्ष केसीले गठबन्धनका दलहरुले उद्योगधन्दा कलकारखाना खोल्न नसकेकाले जनतामा वितृष्णा पैदा भएको बताए । उनले प्रतिगमनलाई असफल बनाउन गठबन्धन बलियो बनाएर अगाडी बढ्नु पर्ने बताए । संसद अझै चल्न नसकेको स्मरण गर्दै प्रतिगमनलाई कमजोर नठान्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०१ बजे

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म