२८ असार २०८३, आइतबार | July 12, 2026

गठबन्धन भन्दा प्रतिगमन शक्तिशाली छ : राजमो अध्यक्ष केसी



काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन भन्दा प्रतिगमन बलियो रहेको बताएका छन् । पाँचदलिय गठबन्धनले काठमाडौमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धन भन्दा विभिन्न शक्तिको आडमा प्रतिगमन बलियो रहेको बताएका हुन् ।

अध्यक्ष केसीले गठबन्धनकै दलहरु भित्र समस्या रहेको बताउँदै त्यही कमजोरीमा टेकेर प्रतिगमनले आफ्नो लक्ष्य प्राप्त गर्न प्रयास गरिरहेको बताए । उनले संसद देख्न नसक्ने, परिवर्तन देख्न नसक्ने, धर्म निरपेक्ष देख्न नसक्ने शक्तिले विभिन्न बहानमा गठबन्धनलाई कमजोर बनाउन खोजिरहेको पनि बताए ।

गठबन्धनका दलहरुले पनि सरकारमा गएको बेला राम्रो काम गर्न नसकेको बताउँदै जनतामा राम्रो काम गर्न नसकेकाले राजनीतिमा निरासा आएको बताए । राजनीति जागिर खाने, व्यवसाय गर्ने पेशा नभएर सेवा गर्ने पेशा भएको बताउँदै अध्यक्ष केसीले गठबन्धनका दलहरुले उद्योगधन्दा कलकारखाना खोल्न नसकेकाले जनतामा वितृष्णा पैदा भएको बताए । उनले प्रतिगमनलाई असफल बनाउन गठबन्धन बलियो बनाएर अगाडी बढ्नु पर्ने बताए । संसद अझै चल्न नसकेको स्मरण गर्दै प्रतिगमनलाई कमजोर नठान्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०१ बजे

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले