८ बैशाख २०८१, शनिबार | April 20, 2024

एमाले अध्यक्ष ओलीलाई निमित्त नायक बनाएर नेपालको स्थायीत्व खल्बल्याईएको छ : रामचन्द्र पौडेल



बुटवल । बुटवलमा घरघरमा पुग्ने र अस्पतालको बेडबेडमा पुग्ने मेयरकारुपमा गठबन्धनले खेलराज पाण्डेलाई उठाएको बताएका छन् । बुटवलमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले गठबन्धनको रुख र कलममा भोट हालेमा पहिलो चरणमै सुकुम्बासीले लालपुर्जा पाउने ठोकुवा गरे ।

उनले देशमा राजनीतिक स्थिरता चाहिएको बताउँदै अस्थिरताका कारण देशमा उद्योग कलकारखाना खुल्न नसकेको बताए । राजनीतिको स्थायीत्वलाई खलबल्याउन एमाले अध्यक्षलाई निमित्त नायक बनाएर षडयन्त्र भइरहेको बताउँदै पौडेलले १७ साल, ४९ साल, ५९ साल हरेक अवस्थामा स्थायीत्व खल्बल्याउने षडयन्त्र गरिएको बताए ।

चुच्चे नक्साको देखाएर मध्यराती दुतसंग भेटेर संसदमाथि हमला गरिएको चर्चा गर्दै पौडेलले १७ सालमा राजा महेन्द्रलेपनि राष्ट्रवादकै नाममा प्रजातन्त्रको हत्या गरेको स्मरण गरे । अदालतलाई पङ्गु बनाउने, संसदलाई पङ्गु बनाउने जस्ता काम गरेर सधै अस्थिरता ल्याउने प्रपञ्च ओलीले रचेको पौडेलले आरोप लगाए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ५६ बजे

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा