७ चैत्र २०८२, शनिबार | March 21, 2026

एमसीसीको सबैभन्दा बढी फाईदा बुटवल, भैरहवा र दाङले पाउने छ : प्रधानमन्त्री देउवा



बुटवल । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्यन्त ठुलो अत्याचारका कारण गठबन्धन बनेको बताएका छन् । गठबन्धनले बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको भविश्यलाई जोगाउन गठबन्धनको निर्माण गर्नु परेको बताए ।

देउवाले जनताले ५ वर्षका लागि बनाएको संसदलाई प्रधानमन्त्रीलाई गाली ग¥योकी संसद भङ्ग गरिदिने ओलीको कदमलाई रोक्न गठबन्धन बनाउन जरुरी देखिएको बताए । उनले कांग्रेस महाधिवेशनले नै गठबन्धन गरेर चुनावमा जाने अनुमति दिएको स्मरण गर्दै सबैले गठबन्धनका उम्मेदवारहरुलाई मत दिन आग्रह गरे । ‘विरोध गर्यो की पार्लामेण्ट भङ्ग गरिदिने, ५ वर्षलाई बनेको पार्लामेण्ट भङ्ग गर्ने ? लहडकाभरमा संसद भङ्ग गर्न पाईंदैन, संविधानले दिँदैन ।’ उनले भने ।

उनले गठबन्धनलाई टिकाएर लैजाने घोषणा गर्दै कसैले शंका नगर्न आग्रह गरे । प्रधानमन्त्री देउवाले एमसीसीले सबै भन्दा बढी बुटवल, भैरहवा र दाङका जनतालाई फाईदा पुगेको दाबी गर्दै बुटवलबाट भालुवाङ हुँदै लमहीसम्मको अत्याधुनिक बाटो एमसीसीबाटै छिट्टै बन्ने जानकारी दिए । उनले सुकुम्बासीहरुको समास्या समाधानका लागि भुमि आयोग सक्रिय रहेको जनाउँदै छिट्टै सुकुम्बासी समस्या समाधान हुने बताए ।

बुटवलको मुख्य समस्या बुटवलको समग्र विकास, सुकुम्बासी समस्या र रोडको समस्या रहेको बताउँदै देउवाले गठबन्धनका उम्मेदवारले जिते त्यस विषयमा ध्यान दिने पनि बताए । बुटवलको विकासमा सरकारको पूर्ण साथ रहने पनि देउवाले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : २० बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा