२३ भदौ २०८३, मंगलबार | September 8, 2026

ओलीका सुन्दै रोमान्चकारी कुराले जनताको पेट भरिन्न : रामकुमारी झाँक्री



बुटवल । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं संघीय सरकारका मन्त्री रामकुमारी झाँक्रीले पटक पटक संसद विघटन गर्दा पनि चुँ बोल्न नसक्नेहरुबाट समाजको रुपान्तरण र परिवर्तन हुन नसक्ने बताएकी छिन् । गठबन्धनको बुटवलको चुनावी सभालाई समबाधेन गर्दै एकीकृत समाजवादी नेता झाँक्रीले व्यक्तिको स्थायीत्वकालागि राजनीतिक स्थायीत्व नहचाहनेहरुबाट विकासको अपेक्षा पनि गर्न नसकिने बताईन् ।

एमाले कार्यकर्ताहरुलाई एमाले अध्यक्ष केपी ओलीको भजन मण्डलीको संज्ञा दिँदै भजनमण्डलीहरुले संसद विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायीत्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाइन् । उनले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्याउने काम मात्र गर्दै गरेको बताईन् । ‘स्याटलाईटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्याङ लगाउने कुरा, पानीजहाज र चुच्चे रेल ल्याउने जस्ता सुन्दै रोमान्चकारी कुराले जनताको पेट भरिन्न,’ उनले भनिन्, ‘बास्तविक धरातलमा उभिएर देश सहाउँदो सिमित साधनबाट असिमित चाहनालाई पुरा गर्ने गरि योजना बनाउनु आवश्यक छ ।’

गठबन्धनको सरकार राजनीतिक स्थायीत्व र प्रणालीको स्थायीत्वको पक्षमा रहेको पनि मन्त्री झाँक्रीले बताईन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १ : ५२ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग

चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३