७ पुस २०८२, सोमबार | December 23, 2025

स्थानीय तह निर्वाचन : मधेशमा सबैभन्दा बढी उम्मेदवारी



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशमाभन्दा मधेस प्रदेशमा झण्डै दोब्बर उम्मेदवारी परेको हो ।

मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जनाको उम्मेदवारी, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्ष ८९३, उपाध्यक्ष ४७९ उम्मेदवारी परेको छ । मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा उम्मेदवारी परेको छ । गण्डकी प्रदेशमा १२ हजार नौ जनाको उम्मेदवार परेको हो । गण्डकी प्रदेशमा एक महानगर, २६ नगर र ५८ गाउँपालिका गरी कूल ८५ स्थानीय तह छन् ।

मधेस प्रदेशपछि बागमती प्रदेश २२ हजार ६६५ जनाको उम्मेदवारी परेको छ । तिमध्ये प्रमुखमा ५१८, उपप्रमुख २९९, गाउँपालिकाका अध्यक्ष ५१९, उपाध्यक्ष ३२३ को उम्मेदवार परेको हो ।

लुम्बिनी प्रदेशमा २२ हजार ४२६, प्रदेश नं. १ को २१ हजार ५२२, सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८, कर्णाली १२ हजार ५९६, नगरप्रमुखमा पुरुष तीन हजार नौ जना र महिला २२९, गाउँपालिका अध्यक्षमा पुरुष दुई हजार ९३७ र महिला ११५, नगरको उपप्रमुखमा पुरुष ५३० र महिला एक हजार ४३४ तथा गाउँपालिका उपाध्यक्षमा पुुरुष ५२० र महिला एक हजार ६४३ को उम्मेदवारी परेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ हजार पदमा एक लाख ४५ हजार एक जनाको उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचनका लागि आयोगले मतपत्र सबै मतदान केन्द्रमा पठाइसकको जनाएको छ । आगामी शुक्रबार देशभर ७५३ स्थानीय तहमा एकै पटक निर्वाचन हुँदैछ । १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदानमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : २४ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत