२८ असार २०८३, आइतबार | July 12, 2026

स्थानीय तह निर्वाचन : मधेशमा सबैभन्दा बढी उम्मेदवारी



काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा मधेस प्रदेशमा उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशमाभन्दा मधेस प्रदेशमा झण्डै दोब्बर उम्मेदवारी परेको हो ।

मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जनाको उम्मेदवारी, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्ष ८९३, उपाध्यक्ष ४७९ उम्मेदवारी परेको छ । मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् । सबैभन्दा कम गण्डकी प्रदेशमा उम्मेदवारी परेको छ । गण्डकी प्रदेशमा १२ हजार नौ जनाको उम्मेदवार परेको हो । गण्डकी प्रदेशमा एक महानगर, २६ नगर र ५८ गाउँपालिका गरी कूल ८५ स्थानीय तह छन् ।

मधेस प्रदेशपछि बागमती प्रदेश २२ हजार ६६५ जनाको उम्मेदवारी परेको छ । तिमध्ये प्रमुखमा ५१८, उपप्रमुख २९९, गाउँपालिकाका अध्यक्ष ५१९, उपाध्यक्ष ३२३ को उम्मेदवार परेको हो ।

लुम्बिनी प्रदेशमा २२ हजार ४२६, प्रदेश नं. १ को २१ हजार ५२२, सुदूरपश्चिम प्रदेशमा १२ हजार ८६८, कर्णाली १२ हजार ५९६, नगरप्रमुखमा पुरुष तीन हजार नौ जना र महिला २२९, गाउँपालिका अध्यक्षमा पुरुष दुई हजार ९३७ र महिला ११५, नगरको उपप्रमुखमा पुरुष ५३० र महिला एक हजार ४३४ तथा गाउँपालिका उपाध्यक्षमा पुुरुष ५२० र महिला एक हजार ६४३ को उम्मेदवारी परेको आयोगले जनाएको छ । कूल ३५ हजार २२१ हजार पदमा एक लाख ४५ हजार एक जनाको उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचनका लागि आयोगले मतपत्र सबै मतदान केन्द्रमा पठाइसकको जनाएको छ । आगामी शुक्रबार देशभर ७५३ स्थानीय तहमा एकै पटक निर्वाचन हुँदैछ । १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदानमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : २४ बजे

मोबाइलबाटै बैंक खाता बन्द गर्न सकिने, निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा बढ्दो

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सोल । दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण

विश्वकप-२०२६ : सेमिफाइनल समीकरण पूरा, फ्रान्स-स्पेन र अर्जेन्टिना-इंग्ल्यान्ड भिड्ने

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको

अतिरिक्त समयमा ३-१ को जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड विश्वकपबाट बाहिरियो

काठमाडौं । अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै