७ पुस २०८२, सोमबार | December 23, 2025

एमाले संग प्रतिस्पर्धा गर्ने सामर्थ्य कुनै पार्टीको छैन – एमाले उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले बुटवलमा नेकपा एमालेका उमेदवारहरुको जित सुनिश्चित भैसकेको बताएका छन् । नेकपा एमाले बुद्धिजीवी तथा पेशागत निर्वाचन परिचालन कमिटीको आयोजनामा भएको बृहत बुद्धिजिवी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पुरा गठबन्धन एकातिर र एमाले अर्कोतिर लडाइमा रहेता पनि गठबन्धनले एमालेलाई हराउन सक्ने कुनै आधार नरहेको दाबी गरे ।

‘चुनाव जितिन्छ भन्ने कुरामा समस्या छैन, तर कुन ढंगले जित हुन्छ भन्ने मात्रै बांकी हो’–उनले भने । ‘अब औसतढंगले चुनाव जित्ने होइन, अत्यधिक र ऐतिहासिक रुपमा विरासतलाई नयां ढंगले पुष्टि गर्ने गरी चुनाव जित्नु पर्छ’ ।

बुटवलमा शनिवार भएको गठबन्धनको सभालाइ इङगीत गर्दै उपाध्यक्ष पौडेलले एजेन्डा बिनाको सभाको कुनै अर्थ नरहेको बताए । ‘आम सभा कस्तो हुन्छ भन्ने हेर्न भोलि आउनुस् ।’ उनले भने ।

राष्ट्रिय योजनाका काम सम्पन्न हुंदा बुटवल एक नमुना शहर बन्ने पौडेलले दाबी गरे । एमालेले अघि सारेका योजना सम्पन्न गर्न एमालेले नै जित्नुपर्ने बताउदै पौडेलले नत्र विरोधीहरुले विकासे आयोजनामा पनि राजनीति गरेर अबरुद्ध गर्न सक्ने आशंका पनि गरे ।

एमाले पोलिटब्युरो सदस्य लिला गिरीले अहिले सम्मको अनुमानमा प्रदेशका धेरै पालिकामा एमालेको जित निश्चित भएको बताए ।

बरिष्ठ बुद्धिजिवी तेजप्रसाद कंडेलले नेकपा एमालेले निर्माण गरेका गौरवका संचरनालाई अरु पार्टीहरुले अस्पताल वा अन्य संरचनामा परिणत गर्ने घोषणा गरेर आम नागरिकलाई चिन्तित तुल्याएको बताए । उनले निर्माण सम्पन्न भएका र निर्माणाधिने संरचनाहरुको सही सदुपयोगका लागि बुटवलमा एमालेको विकल्प खोज्न नहुने बताए ।

कार्यक्रममा बोल्दै बुद्धिजिवी बसन्तराज खनालले बुटवलको शिक्षा र स्वास्थ्यको विकासका लागि नेकपा एमालेको योगदानलाई बुद्धिजिवीहरुले विर्सिन नहुने धारणा राखे । कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बाबुराम भट्टराई र सावित्रादेवी अर्यालले बोलेका थिए ।

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ५ : २१ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत