१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

चुनावअघि केपी ओलीले मतदातासमक्ष के गरे अपील ? (पूर्णपाठसहित)



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर राजजनीतिक तथा समसामयिक विषयमा आफ्नोसहित पार्टीको धारणा सार्वजनिक गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर ओलीले राखेको ६७ बुँँदे धाराण राखेका छन् ।

ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गरेका छन् । नयाँ मतदाताकाहरूको जीवनस्तर विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता जनाए ।

ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्न आग्रह गरेका हुन् । जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरे । ुतपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,ु ओलीले भने ।

उनले नयाँ मतदातालाई मात्र नभएर नेपाली कांग्रेसलाई मतदान गर्ने सोच बनाइरहेका मतदातालाई समेत सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ‘कांग्रेसलाई मतदान गर्ने धारणा बनाउनुभएका मतदाताहरूलाई समेत म आग्रह गर्न चाहन्छु,’ ओलीले भने, ‘यसपटक नेपालको विकासका लागि, तपाइँहरूको जीवनमा सुख समृद्धि ल्याउनका लागि र तपाइँहरूका सन्ततीको स्वर्णिम भविष्य सुनिश्चित गर्नका लागि आउनुहोस्, निर्धक्कका साथ सूर्य चिह्नमा मतदान गरौं ।’

अब कम्तिमा दुई अवधि ९पाँचरपाँच वर्ष० को निर्वाचनमा स्थानीय तह, प्रदेश र संघीय संसद्‌मा नेकपा एमालेलाई विजयी गराउन पनि उनले मतदाताहरूलाई अनुरोध गरे । ‘नेकपा एमालेलाई अत्याधिक बहुमतले विजयी बनाई नेपालको विकास र नेपालीको सुखको चीर प्रतिक्षित आकाक्षां पूरा गर्न र देशमा स्थिरता र स्थायित्व कायम गर्नका लागि आदरणीय मतदाताहरू समक्ष साथ, समर्थन र सहयोगका लागि हार्दिक आग्रह गर्दछु,’ ओलीले भने ।

गठबन्धन बनाउनको लागि जनताको मत नचाहिने भन्दै जनताको मत त नेपालको विकास र समृद्धिको सुनौलो युग ल्याउनका लागि चाहिने ओलीको भनाइ छ । त्यो सुनौलो युग नेकपा एमालेले सुरू गरिसकेको छ र अबको पाँच वर्षमा सम्पन्न गर्ने उनले प्रतिबद्धता जनाए ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/05/uml-apeal.pdf”]

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ३३ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु