१० भदौ २०८३, बुधबार | August 26, 2026

गठबन्धनका उम्मेदवारहरुले निर्वाचन जित्नुपर्छ : देउवा



पोखरा । प्रधानमन्त्री एवं नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले निर्वाचन जित्न आवश्यक भएको बताएका छन् ।

पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गठबन्धनले नै सरकारको नेतृत्वमा ल्याएकाले यो गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए ।
‘कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक छ ’, देउवाले भने, गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो ? आज कांग्रेस एकीकृत रुपमा सरकार छ। त्यसकारण गठबन्धनका पार्टीका सबै दलहरुमा कुनै शंका उपशंका गर्नै हुँदैन।’ उनले कांग्रेसको नेतृत्वमा सरकार बनेका कारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्न नहुने धारणा समेत राखे ।

देउवाले ओलीले संसद भंग गरेपछि गठबन्धन बनेको स्मरण गर्दै पोखरामा मात्र नभएर सबै पालिकामा गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने धारणा राखे । ओली प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले आरोप लगाए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३९ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी