२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

गठबन्धनका उम्मेदवारहरुले निर्वाचन जित्नुपर्छ : देउवा



पोखरा । प्रधानमन्त्री एवं नेपाली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले निर्वाचन जित्न आवश्यक भएको बताएका छन् ।

पोखरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गठबन्धनले नै सरकारको नेतृत्वमा ल्याएकाले यो गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए ।
‘कांग्रेसका लागि गठबन्धन सबैभन्दा बढी आवश्यक छ ’, देउवाले भने, गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो ? आज कांग्रेस एकीकृत रुपमा सरकार छ। त्यसकारण गठबन्धनका पार्टीका सबै दलहरुमा कुनै शंका उपशंका गर्नै हुँदैन।’ उनले कांग्रेसको नेतृत्वमा सरकार बनेका कारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्न नहुने धारणा समेत राखे ।

देउवाले ओलीले संसद भंग गरेपछि गठबन्धन बनेको स्मरण गर्दै पोखरामा मात्र नभएर सबै पालिकामा गठबन्धनका उम्मेदवारहरुले जित्नुपर्ने धारणा राखे । ओली प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले आरोप लगाए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  २ : ३९ बजे

एमाले ११ औँ महाधिवेशनअघि अध्यक्ष ओली आज सम्पादकसँग छलफल गर्दै

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

रवि लामिछाने र छविलाल जोशीको आज उच्च अदालत बुटवलमा आजका लागि पेसी

बुटवल । सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामै रहेका

किसानलाई दूधमा दश रुपैयाँ अनुदान

दमौली । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप रु १०

दाङमा बस दुर्घटना, २२ यात्री घाइते

दाङ । डडेल्धुराबाट काठमाडौंतर्फ गइरहेको ना ८ ख ७४५५ नम्बरको

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा